पर्यटन श्रमिकलाई राहत वितरण
रसुवा । रसुवाको नौकुण्ड सरर्स्युङ्का पर्यटन मजदुरहरुलाई राहत वितरण गरिएको छ ।
ट्रिप हिमालय ट्रेक्स एण्ड एक्सपिडिसनले संयोजन गरेर उक्त राहत वितरण गरिएको हो । ती पर्यटन मजदुरहरु कोरोनाका कारण बेरोजगार भएपछि समस्यामा थिए ।
स्वीट्जरलेण्डका क्लाउडिया स्मीडले पठाएको रकमको राहत सामाग्री किनेर वितरण गरिएको हो ।
राहत स्वरुप २६ घरधुरीलाई पाँच हजार दुई सय केजी चामल, एक हजार ४० केजी दाल, दुई सय ८ केजी खाने तेल, दुई सय ८ केजी नुन, हात धुने डिटोल सावुन र मास्क वितरण गरिएको थियो ।
यसरी राहत पाउनेहरु पर्यटन गाइड, भरिया, कुक तथा किचन हेल्परहरु रहेका छन् ।
कम्पनीका सञ्जीव गुरुङले लामो समयदेखि काम नहुँदा मजदुरहरुले समस्या बेहोरेकोले सहयोगको लागि पहल गरिएको बताए । ‘हामीले बाहिरका साथीहरुसँग सम्पर्क गर्यौं । उहाँहरुले पठाएको सहयोगबाट सामानहरु खरिद गरेर वितरण गरेका हौं’ उनले भने ।
लामो समयदेखि क्याम्पिङमा कुकको काम गर्दै आएका पासाङ तेम्बा तामाङले दश महिनादेखि बेरोजगार रहेको बताए । ‘गाउँमै खेती किसानी गरेर बसिरहेका बेला कम्पनीले सहयोग जुटाई दिएकोमा खुशी छु । यो सहयोग अव अरु पनि छरछिमेकसँग बाँडचुँड गरेर खान्छौं’ उनले भने ।
पर्यटन श्रमिक जीतबहादुर तामाङले पनि कोरोनाका कारण काम नहुँदा समस्या परेको बताए । ‘ऋण काढेर श्रीमती र बालबच्चा पाल्दै आउको थिएँ, यो सहयोगले अव चार महिना जति धान्ला’ उनी आशावादी देखिए, ‘त्यसपछि त खुल्ला खुलेपछि काम गरेर ऋण तिरौला ।’
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…