October 11, 2020

निलगिरी र अन्नपूर्ण हिमालको मादकता

 

काठमाडौं । शरद ऋतुको आवगमनसँगै नेपालका हिमालहरु खुल्न थालेका छन् । आकाश खुलेपछि हिमालहरुको मादकताले जो कसैलाई पनि मोहित बनाउँछ । यस्तै सुन्दर दृष्यले लभ्याउने एउटा हिमाल हो, नीलगिरी ।

अन्नपूर्ण हिमालय श्रृंखलामा पेर्ने नीलगिरीका तीन चुचुरा हिमालहरुलाई म्याग्दी र मुस्ताङ जिल्लाका विभिन्न स्थानबाट देख्न सकिन्छ ।

नीलगिरी उत्तरको ७०६१ मिटर, बीचको ६९४० मिटर र दक्षिणको ६८३९ मिटर उचाई रहेको छ । नीलगिरी उत्तरको अक्टोबर १, १९६२ मा पहिलो पटक नेदरल्याण्ड्सको टोलीले आरोहण गरेका थिए । उक्त आरोहण दलको नेता भने फ्रान्सेली पर्वतारोही लिओनेल टेरे थिए । नीलगिरी दक्षिण र नीलगिरी बीचलाई भने १९७८ र १९७९ मा जापानी दलले आरोहण गरेका थिए ।

म्याग्दीको बेनी नगरपालिका– ९ घतानबाट देखिएको नीलगिरि हिमालको मनमोहक दृश्य । वर्षा रोकिएसँगै खुलेको हिमालको दृश्यले लोभ्याउने गरेको छ । तस्बिरः कमल खत्री, रासस ।

 

म्याग्दीको बेनी नगरपालिका– ९ तोरीपानीबाट देखिएको अन्नपूर्ण र नीलगिरी हिमालको मनोरम दृश्य । तोरीपानी पर्यापर्यटनको सम्भावनायुक्त गाउँको रुपमा चिनिएको छ । तस्बिरः कमल खत्री/रासस

 

म्याग्दीको अन्नपूर्ण गाँउपालिका–५ खोपारा लेकमा पालिएको चौरी र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमाल श्रृ्रखला । तस्बिर: सन्तोष गौतम/रासस ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…