बेइजिङको फोटो प्रदर्शनीमा नेपाल थिम कन्ट्री
![Everest Base Camp Trek](https://highlightstourism.com/nep/wp-content/uploads/2019/09/Everest-base-camp-trek-2.jpg)
काठमाडौं । चीनको राजधानी बेइजिङमा आजदेखि शुरु १० दिने अन्तरराष्ट्रिय फोटो प्रदर्शनीमा नेपाललाई विशेष अतिथि राष्ट्र थिमकन्ट्रीका रुपमा प्रस्तुत गरिएको छ ।
नेपालको प्रतिनिधित्व गरेको साइनो नेपाल मिडिया सोसाइटीले विश्व प्राकृतिक सम्पदा सूचीमा सूचीकृत नेपालका चितवन तथासगरमाथा राष्ट्रिय निकुञ्जका ५० तस्वीर समावेश गरेको छ ।
चीनको संस्कृति तथा पर्यटन मन्त्रालय र बेइजिङ महानगरपालिका जनसरकारले संयुक्तरुपमा आयोजना गरेको बिआरआई विश्वप्राकृतिक सम्पदा अन्तरराष्ट्रिय फोटो प्रदर्शनीमा थिम कन्ट्रीका रुपमा नेपाललाई मात्रै छुट्टै स्थान दिई विशेष प्रदर्शनी कक्ष व्यवस्थागरिएको छ ।
प्रदर्शनीमा राखिएका हरेक तस्वीर तथा नेपालसम्बन्धी जानकारी चिनियाँ र अंग्रेजी भाषामा दिइएको छ । प्राकृतिक सम्पदाकाव्यावसायिक फोटाग्राफर नारायण रिजाल, कोमल भागत, आशिष गुरुङ, आङ्रिता शेर्पा, वेदकुमार ढकाल, सागर गिरी, बाबुरामलामिछानेलगायतका तस्वीर प्रदर्शनीमा समाविष्ट छन् ।
नेपाल सरकारलाई कुनै आर्थिक भार नपर्ने गरी थिम कन्ट्रीका रुपमा नेपाललाई प्रस्तुत गर्न र प्रदर्शनीस्थल निःशुल्करुपमा उपलब्धगराउन सहआयोजक चाइना आर्ट फोटोग्राफी सोसाइटी र आफ्नो संस्थाबीच सहमति भएको साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्षध्रुव पौडेलले बताए ।
आगामी दिनमा चीनलगायत विश्वका विभिन्न मुलुकमा आयोजना गरिने अन्तरराष्ट्रिय फोटो प्रदर्शनीमा नेपालका तस्वीर समावेश गरीपर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउन सहकार्य गर्ने विषयमा पनि दुवै सोसाइटीबीच समझदारी रहेको उनले जानकारी दिए ।
प्रदर्शनीका लागि आवश्यक डिजिटल भर्सनका फोटो वन तथा वातावरण मन्त्रायलबाट निःशुल्क उपलब्ध गराइएको थियो ।बेइजिङस्थित नेपाली राजदूतावासको सहयोगमा नेपालको सहभागिताको व्यवस्थापन र खर्च सोसाइटीले नै गरेको हो ।
प्रदर्शनी उद्घाटनमा सहभागी नेपाली राजदूतावासका उपप्रमुख एवम् मिनिष्टर सुशीलकुमार लम्सालले प्रदर्शनीलाई नेपाल बुझ्ने झ्यालकोसंज्ञा दिँदै अवलोकनकर्ताले नेपालका बारेमा धेरै जानकारी लिन सक्ने बताए ।
कोरोना भाइरसको महामारीको अन्त्य भएपछि नेपालको भ्रमण गर्न चिनियाँ नागरिकलाई प्रेरित गर्ने उनले विश्वास व्यक्त गरे ।चीनकोसंस्कृति तथा पर्यटन मन्त्रालय, बेइजिङ महानगरपालिकालगायत उच्चपदस्थ सरकारी अधिकारी तथा सञ्चारकर्मी उक्त अवसरमाउपस्थित थिए । सोसाइटीले यसअघि सिछुवान प्रान्तस्थित छन्तु, लशान, ह्वाहाई, काञ्च, बेइजिङलगायत शहरमा नेपालका कला, संस्कृति तथा पर्यटनसम्बन्धी एकदेशीय तस्वीर प्रदर्शनी गरिसकेको छ ।रासस
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …