आठ महिनापछि अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय खुला
गण्डकी । पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय आठ महिनापछि मङ्गलबारदेखि खुला गरिएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले २०७६ चैत ११ देखि शुरु गरेको बन्दाबन्दीका कारण सङ्ग्रहालय रहेको थियो ।
नेपाल पर्वतारोहण सङ्घद्वारा स्थापना गरी सञ्चालन गरिरहेको सङ्ग्रहालयमा खुला भएको पहिलो दिन ३३ पर्यटकले अवलोकन गरेको सङ्ग्रहालयका निर्देशक शङ्कर गौतमले जानकारी दिएका छन् । उनका अनुसार मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गरी सङ्ग्रहालय सञ्चालनमा ल्याइएको छ । सङ्ग्रहालय अवलोकनका लागि विद्यार्थी रु ५०, नेपाली रु १००, सार्क रु २०० र बाह्य पर्यटकलाई रु ५०० र बगैंचामा मात्र जानेलाई रु ३० को टिकट व्यवस्था गरिएको छ ।
सङ्ग्रहालयमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जनजीवन झल्कने सामग्रीलगायत विश्वका हिमचुचुरामा पर्वतरोहणका सम्बन्धमा हालसम्म भएगरेका गतिविधि, पर्वतमाला, जलवायु परिवर्तनको असर, चट्टान तथा जीवजन्तुका सम्बन्धमा जानकारीहरु अवलोनका लागि राखिएको छ ।
करिब साढे चार रोपनी क्षेत्रफल ओगटेको सङ्ग्रहालय भवनमा पर्वतारोहण, पदयात्री, हिउँचिप्लेटी, शिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी, उपकरण सङ्कलन र जानकारीमूलक सामग्रीसमेत प्रदर्शनमा राखिएको छ ।
नेपाल पर्वतारोहण सङ्घले खरिद गरेको १०० रोपनी क्षेत्रफल जग्गामा फैलिएको सङ्ग्रहालयको बाहिरी भागमा मनास्लु हिमालको प्रतिरुप निर्माण गरिएको छ । उक्त मनास्लु मोडल अध्ययन अवलोकनकर्ताका लागि छुट्टै आकर्षण केन्द्र बनेको छ ।
कोरोना सङ्क्रमणको डर यथावत रहेपनि लामो समयपछि भ्रमणका लागि पर्यटकीय नागरी पोखरा आएका आन्तरिक पर्यटकका लागि स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर सङ्ग्रहालय खुलाइएको निर्देशक गौतमले बताएका छन् । कर्मचारी र अवलोकनकर्ताका लागि स्यानिटाइजर लगायतका उचित सतर्कता अपनाइएको जनाइएको छ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…