December 13, 2020

बेँसी झरे: हिमालका नाउर


काठमाडौं । हिमरेखामा रमाउने हिमाली जङ्गली जनावर नाउर चिसो बढेसँगै बेँसी झरेका छन् । गर्मीयममा हिमालको काँखमा बसोवास गर्ने यी जनावर जाडो छल्न बेँसीका वस्तीमा झरेका हुन् । समुन्द्री सतहदेखि चार हजार मिटर उचाइमा बसोवास गर्ने नाउर अहिले दुई हजार ७०० मिटरमा झरेका छन् । यिनीहरु मनाङका ङिस्याङ भ्याली खाङसार ङावल मनाङगाउँलगायतका वस्तीहरुमा आइपुगेका छन् । यिनीहरुलाई हिउँ चितुवको मुख्य आहारको रुपमा पनि चिनिन्छ । तस्वीर : नवीन लामिछाने/रासस ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…