February 26, 2021

पर्यटनलाई पुनर्जीवनका लागि दश बुँदे ध्यानाकर्षण

काठमाडौं । पर्यटन व्यवसायीले कोभिड–१९ को महामारीका कारण धराशायी भएको पर्यटन क्षेत्रलाई पुनर्जीवनका लागि सरकारले चाल्नु पर्ने कदमहरु सुझाएको छ ।

पर्यटनसंग सम्बन्धित विभिन्न छाता संगठनहरुको भेलाले कोभिड १९ का कारण पर्यटन व्यवसायीलाई परेको मर्काहरु बारम्बार नेपाल सरकार र सरकारका विभिन्न निकायहरुमा लिखित र मौखिक रुपमा राखी सम्बोधनका लागि अनुरोध गर्दै आइरहे पनि सरकार गम्भिर नबनेको भन्दै ध्यानाकर्षण गराएको छ ।

संगठनहरुले ​७२ घण्टाको पीसीआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकहरुका हकमा क्वारेण्टाइनमा बस्नपर्ने प्रावधान हटाउनुपर्ने, अनलाइन र अराइभल भीषा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगहरुबाट भिषाको ब्यवस्था पूर्ववत् रुपले गराउनुपर्ने, ​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेशिन राख्नुपर्ने लगायतका माग गरेका छन् ।

नेपालको पर्यटन क्षेत्रलाई पुर्नजीवन दिनका लागि पर्यटनसँग सम्बन्धित छाता संघ–संस्थाहरुका तर्फबाट जारी गरिएको प्रेस विज्ञप्तिको पूर्ण पाठ:

कोरोना (कोभिड–१९) भाइरस संक्रमणका कारण नेपालको पर्वतीय पर्यटनसहित समग्र पर्यटन उद्योग नै धराशयी भएको कुरा हामीहरु माझ छर्लङ्गै छ । यस महामारीका कारण हामी पर्यटन ब्यवसायीहरुलाई परेको मर्काहरु बारम्बार नेपाल सरकार र सरकारका विभिन्न निकायहरुमा लिखित र मौखिक रुपमा राखी सम्बोधनका लागि अनुरोध गर्दै आइरहेको अवस्था थियो। यद्यपी पर्यटन ब्यवसायीहरुलाई परेको पीरमर्कालाई सम्बोधन गरी थला परेको पर्यटन ब्याबसायलाई पुर्नजीवन दिनेतर्फ नेपाल सरकार अझै पनि गम्भिर नबनेको देखिन्छ ।

तसर्थ, नेपालको समग्र पर्यटन क्षेत्रको पुर्नजीवन दिनका लागि हामी तपशील बमोजिमका पर्यटन क्षेत्र सम्बद्ध संघसंस्थाका तर्फबाट तपशील बुँदामा समेटिएका मागलाई सम्बोधन गरिदिनुहुन नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछौ ।

१) ​७२ (बहत्तर) घण्टाको पीसीआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकहरुका हकमा ७ (सात) दिनसम्म अनिबार्य क्वारेण्टाइनमा बस्नपर्ने प्रावधान हटाउनुपर्ने ।

२)​अनलाइन र अराइभल भीषा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगहरुबाट भीषाको ब्यवस्था पूर्ववत् रुपले गराउनुपर्ने ।

३)​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेशिन राख्नुपर्ने ।

४)हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडानहरु यथाशीघ्र खोल्न पहल गर्नुपर्ने ।

५)​कोरोना विरुद्धको भ्याक्सिन पर्यटन ब्यवसायी र पर्यटन श्रमिकहरुलाई उपलब्ध गराउनुपर्ने ।

६)​नेपाल र चीनबीचको सीमा नाकाहरु यथाशीघ्र खोल्न पहल गर्नुपर्ने ।

७)​नेपाल घुम्न आउने पर्यटकहरुले कम्पनीबाट अनिबार्य गाइड तथा पदयात्रा सहयोगी लिएरमात्र नेपाल भ्रमण गर्न–गराउन पाउनु पर्ने ब्यवस्था गर्नुपर्ने ।

८)नेपाल–भारतका र नेपाल-चीन सीमानाहरुबाट भित्रिने पर्यटकहरुलाई सरकार तथा सम्बन्धित निकायबाट अनुगमन गर्नुपर्ने ।

९)कम्तिमा ५००० हजार अमेरिकन डलर बराबरको कोरोना बिमा हटाउनुपर्ने ।

१०)कोरोना विरुद्धको भ्याक्सिन पुरा मात्रा लगाई आएका पर्यटकलाई सहज र निर्बाध रुपमा घुम्न दिनुपर्ने ।

सधन्यवाद ।

विज्ञप्ती जारी गर्ने पर्यटन क्षेत्रका छाता संगठनहरु:
खुम बहादुर सुवेदीः अध्यक्ष, ट्रेकिङ्ग एजेन्सिसज एशोसिएशन अफ नेपाल
अच्युत गुरागाँइः अध्यक्ष, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स
सिर्जना राणाः अध्यक्ष, नेपाल होटल संघ
सन्तविर लामाः अध्यक्ष, नेपाल पर्वतारोहण संघ
हरि धरेलः अध्यक्ष, हिमालयन उद्वार संघ
मधुसुदन उपाध्यायः अध्यक्ष, सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोटो नेपाल
अशोक पोख्रेलः अध्यक्ष, नेपाल एशोसिएशन अफ टुर अपरेटरस (नाटो)
गंगा प्रसाद नेपालः अध्यक्ष, नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज
रामहरि तिमिल्सिना अध्यक्ष, नेपाल टुरिस्ट भेइकल एसोसिएसन
ध्रुर्व सिंखडाः .अध्यक्ष, गाउँपर्यटन प्रबद्र्धन मञ्च नेपाल
डम्बर पराजुलीः अध्यक्ष, एक्सपीडिशन अपेरेटर्स एशोसिएशन नेपाल
ईश्वर शर्माः अध्यक्ष, टुरिष्ट बस एशोसिएशन अफ नेपाल
राजेन्द्र बहादुर लामाः अध्यक्ष, नेपाल क्यानोनिङ एसोसिएसन
अरनिको राजभण्डारी अध्यक्ष, रेस्टुरा एन्ड बार एसोसिसन अफ नेपाल
भबिश्वर शर्मा उपाध्यक्ष, ठमेल पर्यटन विकास परिषद्
रामेश्वर थापाः अध्यक्ष, एयरलाईन्स अपरेटर्स एसोसिएसन अफ नेपाल
जितेन्द्र बस्नेत अध्यक्ष, एसोसिएशन अफ कैलाश टुर्स अपरेटरस नेपाल
कर्ण लामा: अध्यक्ष, रिमठिम नेपाल
राजन सिंखडाः अध्यक्ष, नेपाल योगा एशोसिएशन
आङ छिरिङ शेर्पाः अध्यक्ष, क्लाइमेट अलायन्स अफ हिमालयन कम्युनिटिज
अमिर गुरुङः अध्यक्ष, गुरुङपर्यटन ब्यवसायी संघ, नेपाल (जिटिन)
तेज बहादुर गुरुङः अध्यक्ष, गणेश हिमाल पर्यटन विकास समिति
तेजेन्द्र शर्मा पौडेल अध्यक्ष, गाउँ पर्यटन नेपाल
राम शरण थपलिया अध्यक्ष, पर्यटन सेवा समिति
सोनम ग्याल्जेन शेर्पा अध्यक्ष, शेर्पा पर्यटन व्यवसायी संघ, नेपाल (यसटिन)
बलराम न्यौपाने अध्यक्ष, Rasuwa Nuwakot Tourism Society (RNTS)
बद्री नेपाल अध्यक्ष, टुर गाइड एसोसिसन अफ नेपाल
गुप्त भन्डारी अध्यक्ष, Tanahu Tourism Development Council (TTDC)
अध्यक्ष, Nepal National Mountain Guide Association (NNMGA)
अध्यक्ष, Nepal Mountaineering Instructors Association
माया शेर्पा अध्यक्ष, Everest Summiteers Association (ESA)

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…