एनएमएद्वारा विभिन्न पदमा नियुक्त तथा निर्वाचितलाई बधाई
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) ले नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा चयन भएका चन्द्र रिजाललगायत विभिन्न व्यक्तित्वहरुलाई बधाई ज्ञापन गरेको छ । रिजाल ट्रेकिङ एजेन्सिज् एशोसिएसन्स अफ नेपालका पूर्व अध्यक्ष हुन् ।
त्यसैगरी एनएमएले बोर्डकै सदस्यमा चयन भएका नवाङ निमा शेर्पा, हिमालयन रेश्क्यू एशोसिएसनका अध्यक्ष हरिप्रसाद धरेलसहितको नवनिर्वाचित कार्यसमिति, एभरेष्ट समिटरर्स एसोसिएसनमा अध्यक्ष माया शेर्पासहित नवनिर्वाचित कार्यसमिति, टुरिष्ट गाइड एशोसिएसनका अध्यक्ष बद्री नेपालसहितका नवनिर्वाचित कार्यसमिति, एशोसिएसन अफ कैलाश टुर अप्रेटरका अध्यक्षसहित नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेको हो ।
कार्यक्रममा बोर्डका नवनियुक्त उपाध्यक्ष रिजालले कोभिडले गर्दा सुन्यमा रहेको पर्यटनलाई सरकारी र निजी क्षेत्र मिलेर सही बाटोमा ल्याउनु पर्ने बताए । ‘कोही १९, कोही २० मा हिड्ला तर हाम्रो गन्तव्य एउटै हो’ उनले भने, ‘पर्यटनमा कहाँनिर कमीकमजोरी छ सच्याएर हिड्नु हाम्रो दायित्व हो ।’
एनएमएका अध्यक्ष सन्तबीर लामाले एक आपासमा मिलेर हात्तेमालो गरेर पर्यटन क्षेत्रको विकासमा लाग्नु पर्ने बताए । ‘हामी जो जुन क्षेत्रबाट आएपनि हामी पर्यटनकर्मी हौं’ उनले भने, ‘सरकारी र निजी क्षेत्र दुवैसँग मिलेर एनएमए अघि बढ्न चाहन्छ, बढी रहेको पनि छ ।’ कार्यक्रमको सञ्चालन महासचिव कुलबहादुर गुरुङले र स्वागत भाषण सचिव टीकाराम गुरुङले गरेका थिए ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…