March 11, 2021

तीन महिनासम्म साप्ताहिक नेपाली खाना मेला

गस्ट्रोनोमी टुरिजम एसोसिएसनले विभिन्न रेष्टुरेन्टहरुसँगको सहकार्यमा तीन महिनासम्म नेपाली खानाको मेला गर्ने भएको छ ।

एसोसिएसनका अध्यक्ष सुरेश बस्नेतका अनुसार हरेक शनिवार फरक फरक स्थानमा विभिन्न नेपाली खानाका परिकारहरू पस्कने योजना रहेको छ । यसरी तीन महिनाको अवधिमा १५ वटा स्थानमा नेपाली खानालाई यसरी प्रस्तुत गरिने छ ।

आउँदो शनिवार भने एसोसिएसन र खाँडादेवी फुडल्याण्ड मिलेर ‘नेपाली सान नेपाली खानाको पहिचान’ भन्ने नाराका साथ विभिन्न नेपाली खानाको प्रदर्शनी तथा लाइभ लोक दोहोरी गर्दैछ। खाँडादेवी फुडल्याण्डमा हुने उक्त कार्यक्रममा नेपालको विभिन्न ठाउँ र जाति विशेषका सातै प्रदेशमा पाइने रैथाने खाना हुनेछन् ।

एसोसिएसनले शनिवार हरियो परियो भेज म:म:, फापरको पकौडा, बैजनी टर्किको म:म: टर्कीको सेकुवा, नेपाली स्वादमा कालो धानको चामलको खाना सेट टर्कीको मासुसँग र डिजर्टको रूपमा कागुनुको खिर मेनु सार्वजनिक गरेको छ ।

त्यसै गरेर त्यहाँ आउनेहरूको माग र चाहना अनुसार खसीको परिकारहरू, बँदेलको परिकारहरू, हाँसको परिकारहरू पनि उपलब्ध गराइने बताइएको छ ।

आयोजकले नेपाली खानाको खोज अनुसन्धानको यस अभियानलाई सार्थक बनाउन, थप हौसला र ऊर्जा प्रदान सबैलाई उपस्थतिको लागि अपिल गरेको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…