पर्यटकले अब कोरिन्टिन बस्न नपर्ने, अन अराइभल भिषा पाईने
काठमाडौं । सरकारले नेपाल घुम्न चाहने पर्यटकको लागि केही खुकुलो प्रबधानसहित नयाॅ मापदण्ड जारी गरेको छ । कोरोना महामारीका कारण ठप्प पर्यटन क्षेत्रलाई चलयमान बनाउन भन्दै खुकुलो मापदण्ड जारी गरेको हो ।
अब नेपाल घुम्न आउने पर्यटकले अन अराईभल भिषा पाउने छन् भने नेपाल आएर गरेको पिसिआर नेगेटिभ आएमा कोरिन्टिन बस्न नपर्ने ब्यबस्था गरेको छ । यसअघि सम्बन्धित देशमा नै नेपालको भिषा लिनुपर्ने र नेपाल आएपछि अनिवार्य रुपमा ७ दिन होटेल कोरिन्टिन बस्नु पर्ने ब्यबस्था थियो । साथै यस अघिको कोरोना बिमाको ब्यबस्था पनि हटाईएको छ ।
लामो समयदेखि पर्यटन ब्यबसायीले पर्यटकको लागि मापदण्ड खुकुलो बनाउन माग गर्दै आएको थियो । मुलुकमा कोरोनाको दोस्रो लहर आउन सक्ने भन्दै सतर्कती अपनाउन भनिरहेको बेला यो खुकुलो मापदण्ड जारी भएको हो ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …