April 9, 2021

बिस्का जात्राको अनलाइन प्रदर्शनी

काठमाडौं । नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गरिरहेको ह्यास फोटोनेपाल प्रदर्शनी अन्तरगत भक्तपुर जिल्लामा मनाइँदै आएको बिस्का जात्राको आकर्षण समावेश गरिएको फोटोहरु प्रदर्शनी राखिएको छ ।

जात्रा मनाइने मिति मै मिल्ने गरी २०७७ चैत्र २८ देखि २०७८ वैशाख ५ सम्म उक्त अनलायन प्रदर्शनी हुने भएको छ । यसपालिको प्रदर्शनी बोर्डको फोटो अभियानको आधिकारिक पोर्टल www.photonepal.travel मा गरिएको छ । भक्तपुर पर्यटन विकास समिति, गो लोकलको सहकार्यमा प्रदर्शनी र जात्राको अनलाइन पहुँच बढाउन समेत यी संस्थाहरुको पहलमा विविध कार्यक्रमहरु भइरहेको छ ।

भक्तपुर जिल्ला कै फोटोग्राफर चन्द्र चक्रधरका छानिएका ३० फोटोहरु प्रदर्शनीमा राखिएको छ । फोटोहरु https://photonepal.travel/category/- मा हेर्न सकिन्छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले पाँच वर्षदेखि आयोजित फोटोनेपालले भक्तपुर पर्यटन विकास समिति र गो लोकलको साथ पाएर अझ बढी ब्यापक भएको बताउँदै सबैमा फोटो अवलोकन गर्न र आफ्नो सञ्जालहरुमा जानकारीहरु राखी बिस्का जात्राका, भक्तपुर जिल्लाको र समग्रमा नेपाली संस्कृतिको पहुँच बढाइदिनुहुन अनुरोध गरेका छन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…