April 9, 2021

एनएमएका अध्यक्ष लामालाई प्रवल जनसेवाश्री चतुर्थ

राष्ट्रपति निवासमा एनएमए अध्यक्ष सन्त वीर लामा प्रवल जनसेवाश्री पदवी ग्रहण गरेपछि ।

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष सन्त वीर लामालाई राष्ट्रपतिबाट प्रवल जनसेवाश्री चतुर्थ प्रदान गरिएको छ । शुक्रबार राष्ट्रपति निवास शीतल निवासमा आयोजित कार्यक्रममा लामालाई उक्त विभूषण प्रदान गरिएको हो ।

लामा विगत तीन दशक भन्दा लामो समयदेखि ट्रेकिङ र पर्वतारोहणलगायतका पर्वतीय पर्यटन क्षेत्रमा आबद्ध छन् । उनले नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकासमा पुर्‍याएको योगदान र समाज सेवा बापत उक्त विभूषण प्रदान गरिएको हो ।

एनएमएको विभिन्न तहमा झन्डै डेढ दशक रहेर उनले नेपालको पर्वतीय पर्यटनको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्ने तथा यसै क्षेत्रका विदेशी संघसंस्थाहरुसँग भाइचारा सम्बन्ध स्थापित गराउन योगदान पुर्‍याएका छन् ।

लामासँगै पर्वतीय पर्यटन क्षेत्रमा योगदान पुर्‍याएका पर्वतारोही मिङ्मा गेलु शेर्पा र स्व. आङछिरिङ शेर्पालाई पनि प्रवल जनसेवाश्री चतुर्थ प्रदान गरिएको छ ।

शुक्रवारको कार्यक्रममा राष्ट्रपतिले विभिन्न मानपदवी, अलङ्कार र पदक ६ सय ३३ जनालाई प्रदान गरेकी छन् ।

कसले कुन मानपदवी, अलङ्कार र पदक पाए:

 

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…