आन्तरिक पर्यटकको रोजाइमा अयरपानी सामुदायिक होमस्टे
स्याङ्जा । फेदिखोला गाउँपालिका–१ मा पर्ने अयरपानी होमस्टे पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पोखरादेखि सिद्धार्थ राजमार्गको कुबिण्डेबाट पर्यटकीय गाउँ रामकोट मट्टीखान हुँदै अयरपानी पुग्नु सकिन्छ ।
पोखरा देखि १४ किमी दक्षिणमा कुबिण्डे र त्यहाँबाट ७ किमी दक्षिण-पूर्व उकालो लागे पछि अयरपानी पुगिन्छ ।
बि.सं. २०७७ साल ९ घर दर्ता गरेर सुरु गरिएको अयरपानी सामुदायिक होमस्टेमा अहिले २० घर पुगेको छ । गुरुङ, ब्राह्मण, दलित बस्ती रहेको यस गाउँमा बिस्तारै आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ । गत चैतमा मात्र २०० भन्दा बढी पाहुना आएर बसेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सपना गुरुङले बताए । उनका अनुसार पाहुनाले यहाँको स्थानीय स्वाद र अर्ग्यानिक खाना मन पराउँछन् ।
कोरोनाको दोस्रो लहरका कारण बन्दाबन्दीले गर्दा अहिले पाहुना नभए पनि महामारी कम भए पनि फेरी पाहुना आउनेमा स्थानीय ढुक्क छन् ।
यसै वर्ष गण्डकी सरकारको पर्यटन मन्त्रालयले उक्त सामुदायिक होमस्टेलाई १० लाख रुपैयाँ अनुदान दिएको थियो । त्यसमा थप दुई लाखको श्रमदान गरेर पुरै गाउँभरको घर पुग्ने बाटोमा ढुङ्गा बिछ्याउने कार्य भई रहेको छ । होमस्टे व्यवस्थापन समितिका सचिव राजकुमार गुरुङले ९० प्रतिशत काम सकिएको बताए ।
फेदिखोला गाउँपालिकाको वडा नं. १ मा रहेको यो गाउँ मा अहिले पुरानो घरको छानामा रहेको जस्ता पाता हटाएर निलो रङको छाना बनाउनका लागि वडा कार्यालयले १ लाख रुपैयाँको बजेट छुटाइएको वडा अध्यक्ष खिम बहादुर छेत्रीले बताएका छन् ।
यहाँ आउने पर्यटकले इन्द्र मन्दिरको दर्शन र लालिगुरास फुलको सुवास लिन पाउने छन् भने माछापुच्छ्रे हिमालको नजिकैबाट अवलोकन गर्न सकिन्छ ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …