होटेल तथा पर्यटन क्षेत्रले उत्पादनमूलक उद्योग सरह सुविधा पाउने, पर्यटकलाई भिसा निःशुल्क हुने
काठमाडौँ । कोभिड १९ को महामारीका कारण थलिएको पर्यटन क्षेत्रलाई सरकारले बजेटमार्फत राहत दिने कोसिस गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिवार जारी गरेको आर्थिक वर्ष २०७८ ७९ को बजेटमा कोभिड १९ को राहत शीर्षक अन्तर्गत पर्यटन क्षेत्रलाई तोकेर केही राहतका कार्यक्रमहरू ल्याएका हुन् ।
बजेट अनुसार होटेल, ट्राभल, ट्रेकिङलगायत पर्यटन व्यवसाय, सार्वजनिक यातायात तथा हवाई सेवा लगायतले इजाजत तथा नवीकरण दस्तुर छुट पाउने छन् स्वतः नवीकरण व्यवस्था मिलाइएको छ ।
त्यसै गरी होटेल र पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योग सरहको सुविधा पाउने उल्लेख गरिएको छ । यसका साथै कोभिड १९ महामारीका कारण सञ्चालनमा आउन नसकेको होटेललाई आइसोलेसन सेन्टरको रूपमा प्रयोग गरिने पनि बताइएको छ ।
त्यसै गरी अगामी आर्थिक वर्षमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई एक महिनाको भिसा निःशुल्क उपलब्ध गराइने पनि बजेटले उल्लेख गरेको छ ।
त्यसै गरी आन्तरिक पर्यटनको प्रवर्द्धनको लागि निजामती, सार्वजनिक संस्थान तथा प्रतिष्ठानका कर्मचारीलाई दश दिन बराबरको परिश्रमिक रकम दिएर काज उपलब्ध गराइने कार्यक्रम पनि बजेटमा आएको छ । साथै यस प्रकारको व्यवस्थाको लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने उल्लेख गरिएको छ ।
यसका साथै बजेटले पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरू ल्याएको छ ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …