August 16, 2021

एनएनएमजीएमा नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ (एनएनएमजीए) ले नयाँ कार्यसमिति चयन गरेको छ । संघको १६औं वार्षिक साधरणसभाबाट आङ नर्बु शेर्पा अध्यक्षमा ९ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा छिरिङ पाण्डे भोटे, महासचिव छिरिङ जाङबु शेर्पा, सचिवमा पिम्बा तेन्जिङ् लामा र कोषाध्यक्षमा हरिराम खड्कालाई चयन गरेको छ । सदस्यहरुमा लोप्साङ शेर्पा, अविर राई, पेम्बा शेर्पा र अनुप गुरुङ रहेका छन् । संघको प्राविधिक संयोजकमा नरेन शाही ठाकुरलाई चयन गरिएको छ ।

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …