गण्डकीको पर्यटनमन्त्री शर्माद्वारा गोर्खा स्मारकको अवलोकन भ्रमण
गण्डकी । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले फेदीखोला गाउँपालिकाको साल्मेडाडामा निर्माणाधिन गोर्खा स्मारकको अवलोकन भ्रमण गरेका छन् ।
त्यस अवसरमा उनले गोर्खा स्मारकको निर्माणमा थप अध्ययन गरेर प्रदेश सरकारको तर्फबाट बजेटको व्यवस्था गर्ने बताएका छन् । साल्मेडाडामा निर्माणाधीन गोर्खा स्मारक सुरुमा गोर्खा समुदायले चन्दा उठाएर बनाउन सुरु गरेको हो । पछि संघीय सरकारले पनि त्यसमा बजेट विनियोजन गरेर काम भइरहेको छ ।
उक्त गोर्खा स्मारकलाई पहिलो र दोस्रो विश्वयुद्धमा मारिएका गोर्खा सैनिकहरुको स्मृतिमा निर्माण गर्न लागिएको हो । उक्त स्मारक निर्माण सम्पन्न भएपछि पर्यटकीय स्थलको रुपमा विकास हुने अपेक्षा राखिएको छ ।
मन्त्री शर्माले नजिकैको रामकोट होमस्टेको पनि अवलोकन गरे । त्यस अवसरकार उनलाई स्थानीय खाना खुवाएर स्वागत गरिएको थियो ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …