September 4, 2021

चन्दागिरिमा खुलेकै दिन भीड (फोटोफिचर)

काठमाडौँको चन्द्रागिरि नगरपालिकामा रहेको चन्द्रागिरि हिल्सद्वारा सञ्चालित चन्द्रागिरी जिपलाइनमा रमाउँदै सर्वसाधारण । जिपलाइन गर्न प्रतिव्यक्ति रु चार सय शुल्क लिने गरिन्छ । लकडाउनपछि शनिबारबाट सञ्चालनमा ल्याएको चन्द्रागिरीस्थित भालेश्वर महादेवको दर्शन गर्न र त्यस क्षेत्रमा रहेका पर्यटकीयस्थलको अवलोकन गर्नेहरुको भीड देखिन्छ । तस्वीरः रत्न श्रेष्ठ, रासस

कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको चन्द्रागिरिको केवलकार शनिवारदेखि सञ्चालनमा आएको छ । गत वैशाख १६ गतेदेखि सरकारले लकडाउन शुरु गरेपछि केबलकार बन्द भएको थियो ।

चन्दागिरि हिल्सका महाप्रबन्धक अभिषेखविक्रम शाहका अनुसार झण्डै पाँच महिनापछि केबलकार सञ्चालनमा आउँदा पहिलो दिन दुई हजार जनाले यात्रा गरेका छन् । उनले स्वास्थ्य मापदण्डको पालना गरेर केबलकार सञ्चालन गरिएको बताए।

उनले भने, “सरकाले तोकेका स्वास्थ्यका मापदण्ड पालना गरेका छौं, ठाउँ–ठाउँमा स्यानेटाइजरको व्यवस्था छ, मास्कविना प्रवेशमा रोक लगाइएको छ, यहाँ फराकिलो क्षेत्र भएकाले खास भिडभाड नहुने हुनाले पनि कोरोनाको डर कम छ ।” उनले सर्वसाधारणका लागि केबलकार सञ्चालन आजदेखि गरे पनि रिसोर्ट गत असारबाट नै खुलाइएको जानकारी दिए ।

यसैगरी शनिवारदेखि चन्द्रागिरिमा जिप लाइन पनि सञ्चालनमा आएको छ । त्यहाँ पुगेकामध्ये कतिपयले जिप लाइनको मजा पनि लिएका थिए । काठमाडौं खाल्डोको एक आकर्षक एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास भएको यस चन्द्रागिरि हिल्समा जिप लाइन पनि थपिएको हो ।

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …