September 27, 2021

‘हाइकिङ’ मा राजदूतहरु (फोटोहरुसहित)

विश्व पर्यटन दिवसका अवसरमा पोखरा भ्रमणमा आएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरु पोखरा–२४ कास्कीकोटको देउराली पदमार्गमा पदयात्रा गर्दै । तस्बिरः राधिका कँडेल/रासस ।

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्नुहुने भएको छ । गण्डकी प्रदेश सरकारको औपचारिक निमन्त्रणामा आइतबारदेखि पोखराको भ्रमणमा रहेका कूटनीतिज्ञ विश्व पर्यटन दिवसका अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी बन्न लागेका हुन् ।

कार्यक्रमअनुसार कूटनीतिज्ञ बिहान कास्कीकोटदेखि नौडाँडासम्म छोटो दूरीको हाइकिङमा सहभागी बनेका छन् । हाइकिङपश्चात् दिउँसो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय र डेभिज फल्सको अवलोकन गरेर फेवातालमा डुङ्गा शयर गर्ने र साँझ फेवातालको बाराही घाटमा गरिने आरती अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारी कास्कीकोट देउरालीबाट हिमाली क्षेत्र अवलोकन गर्ने क्रममा । तस्बिरः राधिका कँडेल/रासस

विश्व पर्यटन दिवसकै अवसरमा साँझ रेष्टुराँ एण्ड बार एशोसिएशन पोखराद्वारा आयोजित सांस्कृतिक कार्यक्रम, विभिन्न ठाउँको प्रवर्द्धनात्मक सामग्रीको प्रदर्शन, नेपाली परम्परागत तथा विभिन्न देशका खानाका परिकारसहितको सडक महोत्सवमा उनीहरू सहभागी हुने कार्यक्रम रहेको छ ।

विगतका वर्षमा विश्व पर्यटन दिवसका दिन पहिलो उडानमार्फत पोखरा आउने विदेशी पर्यटक तथा सवारी साधनमार्फत आउने पर्यटकलाई सम्मान गर्ने तथा अन्य विभिन्न कार्यक्रम गरिने गरिएकोमा विदेशी विशिष्ट कूटनीतिज्ञलाई सहभागी बनाइएको भने पहिलो पटक हो ।

विश्व पर्यटन दिवसका अवसरमा पोखरा भ्रमणमा आउनुभएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरु आइतबार पोखरा–२४ कास्कीकोटको देउराली पदमार्गमा पद यात्रा गर्दै । तस्बिरः राधिका कँडेल/रासस

कोरोनाले प्रभावित पोखराको पर्यटनलाई विश्व बजारमा सकारात्मक सन्देश दिनका लागि विदेशी कूटनीतिज्ञको पोखरा भ्रमण फलदायी हुने विश्वास लिइएको गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेलले बताए ।

पदयात्रामा कतार, यूएई, फिनल्याण्ड, उत्तरकोरिया, साउदी अरेबिया, श्रीलङ्का, बङ्गलादेश, जर्मनीलगायत देशका राजदूत तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिवसहित अन्य कुटनीतिक नियोगका प्रमुखहरु सहभागी छन् ।

विश्व पर्यटन दिवसका अवसरमा पोखरा भ्रमणमा आउनुभएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरु सोमबार पोखरा–२४ कास्कीकोटको देउराली पदमार्गमा पद यात्रा गर्दै । तस्बिरः राधिका कँडेल/रासस
विश्व पर्यटन दिवसका अवसरमा आइतबार पोखरा भ्रमणमा आउनुभएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखलाई पोखरा–२४ कास्कीकोटको देउरालीवासीले स्वागत गर्दै । पदयात्रामा कतार, यूएई, फिनल्याण्ड, उत्तरकोरिया, साउदी अरेबिया, श्रीलङ्का, बङ्गलादेश, जर्मनीलगायत देशका राजदूत तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिवसहित अन्य कुटनीतिक नियोगका प्रमुखहरु सहभागी छन् । तस्बिर राधिका कँडेल/रासस ।

विश्व पर्यटन दिवसका अवसरमा आइतबार पोखरा भ्रमणमा आउनुभएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखलाई पोखरा–२४ कास्कीकोटको देउरालीवासीले स्वागत गर्दै । पदयात्रामा कतार, यूएई, फिनल्याण्ड, उत्तरकोरिया, साउदी अरेबिया, श्रीलङ्का, बङ्गलादेश, जर्मनीलगायत देशका राजदूत तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० का महासचिवसहित अन्य कुटनीतिक नियोगका प्रमुखहरु सहभागी छन् । तस्बिर राधिका कँडेल/ररासस ।

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …