गलेममा खुल्यो राम्चेदेवी सिल्लो सामुदायिक होमस्टे
यहाँको चर्चित राम्चेदेवी थानको नामबाट यस होमस्टेको नाम राखिएको हो । गाउँबाट दुई घण्टाको ठाडो उकालोमा राम्चेदेवी मन्दिर पुगिन्छ ।
होमस्टेबाट कल्छे झरना, भञ्ज्याङ डाँडा र दमह ढुंगा आधा घण्टामा पुग्न सकिन्छ । दमह ढुंगामा प्याराग्लाइडिङ्को परिक्षण उडानसमेत गरिएको थियो ।
होमस्टेमा पुग्ने पहुनालाई फुलको माला वा गुच्छा दिएर स्वागत गर्ने गरिन्छ भने होमस्टे सञ्चालनमा अधिकांश महिलाहरु नै रहेका छन् ।
समुदायिक होमस्टेलाई ब्यवस्थित गर्नका लागि सात सदस्यीय व्यवस्थापन समिति समेत गठन गरिएको छ । समितिको अध्यक्षमा पुजा गुरुङ, उपाध्यक्ष नानुमाया गुरुङ, सचिव चेतबहादुर गुरुङ, कोषाध्यक्षमा क्याप्टेन इन्द्रबहादुर गुरुङ तथा सदस्यहरुमा शुष्मा गुरुङ, प्रकाश पौडेल र सुर्यकान्त पौडेल रहेका छन् ।
हाल दश घरबाट सुरु भएको होमस्टेमा ४० जना पाहुनालाई राख्न सक्ने क्षमता रहेको अध्यक्ष पुजाले बताइन् । गलेमको माझटोलबाट सुरु गरिएको होमस्टे बिस्तारै सबै टोलमा पुर्याउने योजना रहेको बताइएको छ ।
अधिकांश घरहरु बैदेशिक रोजगारी तथा बसाई सराईका कारण रित्तिएकाले ती घरहरुलाई समेटेर होमस्टे बनाउने योजना रहेको पुजाले बताइन् ।
सभा, सम्मेलन तथा सेमिनारहरु गर्नु परेपनि यहाँ समाज घर रहेको छ । यहाँ रहेको श्री शितला आमा समाज घरमा ६० जनासम्मको क्षमता रहेको छ ।
फेदीखोलाबाट उत्तर दक्षिण ७ किलोमिटर दुरीमा रहेको यो गाउँमा ८० घरधुरी रहेकोमा ब्राह्मण ६० प्रतिशत, गुरुङ ३० र दलित दश प्रतिशत छ ।
फेदीखोलाबाट तीन घण्टाको उकालो हाइकिङ गरेर गलेम भीर हुँदै जान सकिन्छ भने फेदीखोलाकै सर्केटारी–आरुखर्क–गलेम भीर हुँदै करिब एक घण्टाको जीप यात्राबाट पनि पुग्न सकिन्छ ।
एक हजार छ सय मिटरको उचाइमा रहेको यस होमस्टेमा पुरै अर्ग्यानिक खानेकुरा पाइन्छ । कोदो राम्रो फल्ने भएकोले त्यही उत्पादिक कोदोको रोटी, ढेंडो, रक्सीलगायतका परिकारहरु पाइन्छ । त्यही फलेको चामलको भात, मकैको ढिंडोलगायतका परिकार पनि पाइन्छ । सिजन अनुसार त्यही उत्पादिक हरियो सागसब्जी तथा तरकारीहरु पाइन्छन् । लोकल कुखुरा, सुकुटी तथा माछा यहाँ पाइने परिकारहरु हुन् । खाजाको रुपमा मकै, भटमास, सेलरोटीसँगै त्यही उत्पादित दुध तथा मोही खुवाइन्छ ।
फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले गाउँपालिकाभित्र हालसम्म पाँच वटा होमस्टे रहेको र हरेक वर्ष एउटा होमस्टे थप्दै जाने योजना रहेको बताए । उनले यसले गाउँमै आयआर्जन बढेर बिदेश जाने क्रम घट्ने अपेक्षा राखेको पनि बताए ।
गाउँपालिकाका प्रमुख कार्यकारी चिरञ्जीवी बरालले गाउँहरुबाट आफै यस्ता कामहरु गर्ने भनेर आउनेहरुलाई सहजीकरण गर्ने गरिएको र तालिमहरुलगायतको ब्यवस्था गरिएको बताए ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …