फेरि बढ्यो आन्तरिक हवाई भाडा
वायुसेवा कम्पनीहरुले हवाई भाडा पुनः वृद्धि गरेका छन् । वायुसेवा सञ्चालक संघका अनुसार सबै रुटको हवाई भाडा बृद्धि गरिएको छ ।
अब काठमाडौंबाट सबैभन्दा लामो रुटमा चल्ने आन्तरिक जहाजको भाडा १७ हजार २५ रुपैयाँ कायम गरिएको छ । यो भाडा धनगढीका लागि तय भएको हो ।
काठमाडौंबाट माउन्टेन फ्लाइटका लागि १४ हजार ८९० तय भएको छ भने काठमाडौंदेखि भद्रपुरका लागि १२ हजार ९५५ तय गरिएको छ ।
त्यस्तै काठमाडौंदेखि विराटनगरसम्म १० हजार २०५ रुपैयाँ लाग्नेछ । भरतपुरका लागि चार हजार ९९०, जनकपुरका लागि पाँचहजार ८६० रुपैयाँ लाग्नेछ ।
पोखराका लागि ६ हजार ९८५, भैरहवाका लागि ८ हजार ६७५ रुपैयाँ अधिकतम भाडादर कायम गरिएको छ ।
नेपालगन्जका लागि १३ हजार ९८० रुपैयाँ, तुम्लिङटारका लागि ८ हजार २०५ रुपैयाँ तय गरिएको छ भने सिमराका लागि ४ हजार २४० रुपैयाँ तय भएको छ ।
सुर्खेतका लागि १४ हजार ९९५ र राजविराजका लागि ८ हजार ७५५ रुपैयाँ कायम गरिएको छ ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …