December 22, 2022

बराह तालमा पर्यटकको आकर्षण

प्रचारप्रसार पूर्वाधार अभावका कारण ओझेलमा परेको बागलुङको बराह तालमा गाउँपालिकाको सक्रियतापछि पर्यटकको चहलपहलबढ्न थालेको

तमानखोला गाउँपालिका मुठाचौरमा अवस्थित यो ताल उच्च पहाड, शान्त वातावरण प्राकृतिक सौन्दर्यले भरिपूर्ण समुद्रीसतहदेखि तीन हजार मिटरको उचाइमा रहेको ताल तमानखोलाको शिरमा अवस्थित

केही वर्षअघिसम्म गाउँलेले पूजा गर्ने बराह ताल क्षेत्रमा पछिल्लो समय पर्यटक आकर्षणको केन्द्र बनेको हो तमानखोलागाउँपालिकाले प्रचारप्रसार बढाएपछि आन्तरिक पर्यटक बढेका हुन् तमानखोला गाउँपालिका मुठाचौरमा रहेको बराह ताललाईगाउँपालिकाले संरक्षण तथा प्रवर्द्धन गर्न थालेको

धार्मिक महत्व समेत रहेको बराह तालमा संरक्षण प्रचारका लागि यसवर्ष गण्डकी प्रदेश सरकारले रु ८० लाख तमानखोलागाउँपालिकाले रु आठ लाख विनियोजन गरेको गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्यालले बताए

बराह ताल जिल्लाकै राम्रो ताल हो, विगतमा प्रचारप्रसार पूर्वाधारको अभावमा सुनसान जस्तै थियो’, उनले भने, ‘अहिले गाउँपालिकालेप्रचारप्रसार बढाएपछि आन्तरिक पर्यटक बढेका छन्, आगामी वर्षदेखि पर्यटक बढ्ने अपेक्षा गरेका छौँ।

स्थानीय दिलबहादुर छन्त्यालले अहिले बराहतालमा पर्यटकको चहलपहल बढेको बताए गाउँपालिकाले यस क्षेत्रमा पूर्वाधार निर्माण प्रचारप्रसार बढाएपछि जिल्लाका विभिन्न स्थानबाट आन्तरिक पर्यटक घुम्न आउने गरेको उनको भनाइ

यस क्षेत्रमा पहिले वैशाखे पूर्णिमाको समयमा बाहेक खासै चहलपहल हुँदैन्थ्यो, त्यो बेलामा नजिकैको सिद्ध बराह मन्दिरमा पूजाहुन्थ्यो’, उनले भने तालसम्म पुग्ने सडक बनेपछि मुठाचौरका स्थानीयलाई सहज हुने पर्यटक बढ्ने उनको भनाइ तालसम्म पुग्नेसडक निर्माणका लागि गाउँपालिका समक्ष आग्रह गरिएको उनले बताए

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले प्रदेश सरकार गाउँपालिकाले विनियोजन गरेको बजेटले घेराबार, पदमार्गनिर्माण ताल नजिकसम्म मोटरबाट पुर्‍याउने काम हुने बताए गत वर्ष गाउँपालिकाले बराह मन्दिरको पुर्ननिर्माण, शौचालय खानेपानीको धारा निर्माण गरिएको अध्यक्ष बुढा मगरले जानकारी दिए

अघिल्लो कार्यकालमा यहाँ केही पूर्वाधारहरु निर्माणको सुरुवात गरेका थियौँ’, उनले भने, ‘पालिकाको गुरुयोजना नै बनाएर ताललाईपर्यटकीय केन्द्र बनाउने अभियान तालमा पर्यटक आकर्षित गर्न गाउँपालिकाले प्रबद्र्धनात्मक काम गर्दै आएको

यस क्षेत्रमापिकनिक स्पट’, बगैचालगायत पर्यटकलाई थप आकर्षित गर्ने गरी पूर्वाधार निर्माणका लागि योजना बनाएको भन्दै अध्यक्षबुढा मगरले यस वर्ष यहाँ धेरै पूवार्धार तयार हुने बताए

ताल नजिक रहेको मुठाचौर बस्नका लागि उपयुक्त स्थान भएकाले पर्यटकका लागि खाना, बस्न आरामका लागिहोमस्टेतथासाना होटलहरु बनाउने योजानासमेत रहेको उनको भनाइ अहिले यहाँ आउने पर्यटकका लागि खानेपानी शौचालयकोव्यवस्थापन भइरहे पनि खाजा खानाका लागि समस्या रहेको बुढा मगरले बताए

ताल नजिक रहेको सिद्ध बराह मन्दिरमा पूजाआजा गर्दा मनोकांक्षा पूरा हुन जनविश्वास जसका कारण वैशाखे पूर्णिमाको समयमाबागलुङका विभिन्न स्थानका साथै गुल्मी, प्युठान, अर्घाखाँचीबाट पनि भक्तजनहरु पूजाआजा गर्न आउने गरेका छन् यहाँबाटधौलागिरि, माछापुछ्रे, अन्नपूर्णलगायतका दर्जनौँ हिमश्रृङ्खला देख्न सकिन्छ ।रासस

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …