सिन्धुलीको कलाघर
सिन्धुलीको कमलामाई नगरपालिका – ३, चपौलीमा स्थानीय युवाहरुको अगुवाईमा सिन्धुली कलाघर स्थापना गरिएको छ ।
सिन्धुली गढीदेखि ६ किलोमिटर उत्तरको दुरीमा रहेको चपौलीमा बि.सं. २०७० सालमा स्थापित कलाघरमा अहिले ११ जना युवाहरु लागि रहेका छन् । ”कलाघरको मुख्य उद्देश्य पुरानो कालसँग सम्बन्धित सामाग्रीहरुको संकलन, संरक्षण र प्रदर्शन हो” कलाघरका कोषाध्यक्ष शीशीर सिद्ध भन्छन् ।
हालसम्म दुई दर्जन जातिहरुको संस्कृतिसँग सम्बन्धित बाजागाजाहरु संकलन गरिसकेको कलाघरमा बजाउने, गाउँने तथा नाच्नसमेत सिक्ने/सिकाउने काम गरिन्छ । यहाँ पञ्चेवाजा, सोरठी, मारुनीलगायतका नाचहरु सिकाउँदै आएको छ ।
पञ्चेबाजाको स्थानीय स्तरमा महिला समुह समेत गठन गरिएको छ । उक्त समुहले बेला बेला मुलुकका विभिन्न स्थानहरुमा हुने प्रदर्शनीहरुमा भाग लिएर पुरस्कारसमेत जितिसकेको छ । यो समुह गतवर्ष प्रथम भएको थियो भने यसवर्ष पोखरामा भएको देशव्यापी प्रदर्शनीमा दोस्रो भएका छन् ।
कोषाध्यक्ष सिद्धका अनुसार कलाघरलाई तीन खण्डमा बाँडिएको छ । पहिलो रोधीं घर हो, यहाँ पुरानो प्रयोग भइसकेका बस्तुहरु राखिएका छन् । यसमा ४० देखि २०० वर्षसम्म पुराना सामाग्रीहरु संकलन गरिएको बताइएको छ । लोप हुन लागेका बस्तुहरु पनि राखिएको छ ।
दोस्रो नेपालको नक्सावाला घर हो । नेपालको नक्सा अनुसारको कम्पाउण्ड वाल बनाएका छन् । नेपालको नक्सा अनुसारकै एक तलाको घर बनाएर नेपालका विभिन्न जातजातिको अबस्थिती अनुसारको मौलिक बाजाहरु राख्ने योजना रहेको छ । तेस्रो खण्डको नाम जरीबोटा घर रहेको छ । यसमा रुखको जरा, मुडा, हाँगाहरुबाट निर्मित कलाकृतिहरु तथा क्यानभास चित्रहरु राखिएका छन् ।
कलाघरको आम्दानीको स्रोत भने आगन्तुकहरुसँग उठाउने ५० रुपैयाँको टिकट तथा स्थानीय, प्रदेश र केन्द्र सरकारबाट प्राप्त हुने अनुदान हो । साथै आगन्तुकहरुले चन्दा पनि दिने गरिएको छ ।
”देशलाई सांस्कृतिक पक्षबाट टेवा पुर्याउन सकौं भनेर काम थालिएको हो, पछि यसलाई संग्रहालयको रुपमा विकास गर्ने उद्देश्य रहेको छ” सिद्ध भन्छन् ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …