खुम्बु आइसफलमा तीन शेर्पाको हिम पहिरोमा परेर मृत्यु
सगरमाथा आरोहणका क्रममा रहेका तीन जना शेर्पाको खुम्बु आइसफलमा आएको हिमपहिरोमा परी मृत्य भएको छ ।
खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पाको मृत्यु भएको हो ।
सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा हिमपहिरोमा परेका शेर्पाहरु खोंचमा पुरिएका थिए । शव झिक्नको लागि हेलिकप्टर पठाउने कोशिस भएपनि सफल नभएको बताइएको छ ।
ती शेर्पाहरु इम्याजिन ट्रेक प्रा.लि.बाट सगरमाथा आरोहणमा गाइडको रुपमा त्यहाँ पठाइएको बताइएको छ । यस वर्षको वसन्त ऋतुको आरोहण सिजनको सुरुवातमै सगरमाथामा मानवीय क्षति भएको हो ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …