१५ असार: कृषिलाई पर्यटनसँग जोड्ने जमर्को
काठमाडौं । माना रोपेर मुरी फलाउने दिन, असार १५ । नेपालीहरुले शुक्रबार धन दिवस मनाइ रहेका छन् ।
कृषिलाई पर्यटनसँग झड्नका लाथप मुलुकभर विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यसै सिलसिलामा पर्यटन राज्यमन्त्री सुशिला सिर्पाली नुवाकोटमा धन रोपाइमा सहभागी भएकी छन् ।
उने राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८० को शुभारम्भ गर्दै कृषि पर्यटनका लागि पहल भएको बताइना् ।
राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव देशभरी बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । यसै उपलक्ष्यमा नुवाकोटमा राष्ट्रिय रोपाई महोत्सव आयोजना गरिएको हो । महोत्सवमा राज्यमन्त्री सिर्पालीले कृषकको पक्षमा सरकार रहेको र राज्यले नेपाली कृषकको उपजमा कर नलगाएको र कृषीलाई पर्यटनसँग जोड्न सके समग्र देशको र किसानको आर्थिक समृद्धि सम्भव भएको बताइन् ।
सिर्पालीले नुवाकोटको बेलकोटगढीमा आयोजित रोपाई महोत्सवको उद्घाटन गरेकी थिइन् ।
बेलकोट नगरपालिका र गाउँ पर्यटन प्रवर्द्धन मन्च (भिटोफ) नेपाल र प्रधानमन्त्री कृषि आधुनिक परियोजनाको आयोजना र नेपाल पर्यटन बोर्डले प्रायोजन गरेको रोपाई महोत्सवमा नुवाकोट जिल्लाको प्रमुख जिल्ला अधिकारी, बेलकोटगढी नछातागरपालिकाका मेयर लगायत बिभिन्न पर्यटन व्यवसायी संगठनका प्रतिनिधि र ब्यवसायी , स्थानीय नागरिकहरुको सहभागीता रहेको थियो ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …