सरिता लामा’को अध्यक्षता तामाङ रिमठीम पर्यटन संजालको नयाँ कार्यसमिति
तामाङ समुदायका पर्यटन व्यवसायी र पर्यटन पेशाकर्मीहरुको संस्था ‘तामाङ रिमठीम पर्यटन संजाल’को दोस्रो साधारणसभाले सरिता लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
हालै काठमाण्डौंमा भएको साधारण सभाले अध्यक्ष सरिता लामा, वरिष्ठ उपाध्यक्ष दोर्जे तामाङ, उपाध्यक्ष ऋतु ग्यामदान, महासचिव नरध्वज तामाङ (क्षितिज), सचिव बिजय तामाङ, कोषाध्यक्ष कुमार लामा, सह–कोषाध्यक्ष बिश्वराज तामाङ सहित १७ सदस्सीय कार्यसमिति चयन गरेको छ ।
साधारण सभाको अवसारमा किर्तिमानी आरोही स्व. शम्भु तामाङको नाममा स्थापित ‘शम्भु तामाङ एडभेन्चर अवार्ड’, एक जना उत्कृष्ट साहसिक पर्यटनको प्रतिभालाई पुरस्कृत गर्ने घोषणा गर्दै यो वर्ष उक्त अवार्ड १३ पटक सगरमाथाको सफल आरोहण गर्ने आरोही सन्दुक दोर्जी तामाङलाई प्रदान गरिएको छ ।
साथै सस्थाले तामाङ्ग समुदायका सामाजिक क्षेत्रमा योगदान दिने र व्यवसायिक विशिष्टता बोकेको व्यवसायी हरु पनि सम्मानित भएका छन् ।
त्यसैगरी चुन नुब्री गाउँपालिका र संजालले संयुक्त रुपमा छुम भ्याली मानास्लु क्षेत्र बारे स्पेनको क्याटालान भाषामा पुस्तकका लेखक एन्रिक अल्केडे कार्वोनेललाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …