July 8, 2019

पर्यटन प्रहरीद्वारा ९ पोस्ट थप्न माग, एकै वर्ष छ सय उजुरी

Tourist Police
पर्यटक प्रहरी ।

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटन प्रहरीले उपत्यका बाहिर ९ स्थानमा नयाँ पोस्ट थप्न माग गरेको छ ।

पर्यटक प्रहरी इकाइ भृकुटीमण्डपका प्रमुख प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको उदेश्यलाई सहयोग पुर्‍याउन र आएका पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिनका लागि थप पोस्टहरू राख्ने प्रस्ताव गरिएको हो ।

उनले कञ्चनपुर, बर्दिया, बाँके, इलामको फिक्कल, धनकुटाको भेडेटार, धरान, मुगुको रारा, डोल्पालगायतका पर्यटकीय क्षेत्रमा पोस्ट राख्न माग गरेको बताए ।

‘मुख्य पर्यटकीय गन्तव्य भएका दुर्गम जिल्ला/क्षेत्रमा पुगेका पर्यटकको सुरक्षाका लागि तत्काल अस्थायी प्रहरी पोस्टको आवश्यकता भएकाले माग गरिएको हो’ उनले हाइलाइट्स टुरिजमलाई भने ।

पर्यटक प्रहरीले काठमाडौँ उपत्यका भित्र स्वयम्भू, पशुपति, बौद्ध, भक्तपुर, ठमेल, पाटन, वसन्तपुर, नगरकोट, एयरपोर्ट, चन्द्रागिरि गरी ११ स्थानबाट सेवा प्रवाह गर्दै आएको छ । मुलुक भर पर्यटन प्रहरीको २६ पोस्ट छन् । ती स्थानहरूमा पर्यटक सूचना व्यवस्थापन प्रणाली जडान गरिएको छ ।

सोलुखुम्बुको लुक्ला, धनुषाको जानकी मन्दिर, पर्साको वीरगन्ज, चितवनको सौराहा, रसुवाको स्याफ्रुबेंसी, कास्कीको पोखरा, बिरेठाँटी, धम्पुस, घान्द्रुक, मुस्ताङको जोमसोम, मनाङको चामे, म्यादीको घोरेपानी र रुपन्देहीको लुम्बिनी, वेलैया, झापाको काकडभित्ता, तनहुँको बन्दीपुर, चितवनको पटिहानीमा अस्थायी पर्यटन प्रहरी पोस्ट स्थापना गरी सूचना प्रणाली जडान गरिएको छ ।

विभिन्न क्षेत्रमा गएका पर्यटकले गर्ने उजुरीको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले पनि प्रहरी पोस्ट बढाएर सुरक्षा दिनपर्ने निरीक्षक बस्नेतको भनाई छ ।

यस वर्ष मात्र पर्यटक प्रहरी कार्यालय भृकुटी मण्डपमा पर्यटनसँग सम्बन्धित ६ सय उजुरी दर्ता भएका छन् । जसमा ४ सय ५४ पर्यटकले सामान हराएको वा चोरिएको भन्दै उजुरी दिएका थिए । पर्यटकको उजुरीका आधारमा स्थानीय प्रहरीले पहल गर्ने गर्दछ ।

पछिल्लो समय काठमाडौँका विभिन्न बार तथा रेस्टुरेन्ट सञ्चालकहरूले पर्यटकलाई धेरै दुख दिने गरेको पनि उजुरी परेको छ । उजुरीमा जाँदिन भन्दा भन्दै जर्वजस्ती रात्रि क्वलहरुमा लैजाने र बढी शुल्क लिने गरेका उल्लेख छ ।

पर्यटकसँग बढी मूल्य लिएको उजुरीमा बार तथा रेस्टुरेन्ट सञ्चालकहरूलाई मुद्दासमेत हालिएको छ । वि.स २०३५ साल माघ १२ गतेदेखि सुरु भएको पर्यटक प्रहरीमा हाल २२७ जनाको दरबन्दी छ ।

सूचना केन्द्रमा पर्यटकका लागि निःशुल्क रूपमा ११४४ नम्बरको हटलाइन सेवा उपलब्ध गराइएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…