July 12, 2019

कर्णाली प्रदेश १०१ पर्यटकीय गन्तव्य घोषणाको तयारीमा

Rara, Karnali province tourist distination
कर्णाली प्रदेशको एक आकर्षक पर्टकीय क्षेत्रको रुपमा रहेको रारा । तस्विर : हाइलाइट्स टुरिजम ।

काठमाडौँ । कर्णाली प्रदेश सरकारले प्रदेश भित्र रहेका १० जिल्लाको पर्यटकीय गन्तव्य छनोट गरी १ सय १ नयाँ पर्यटकीय गन्तव्य घोषणा गर्ने तयारी गरेको छ ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सबै जिल्लाका सम्भावित पर्यटकीय क्षेत्रहरूको पहिचान गरी घोषणा गर्ने तयारी गरेको हो । पर्यटकीय गन्तव्य छनौटका लागि स्थानीय तह र सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्यको सिफारिशलानई आधार मानेको छ ।

मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायका अनुसार सिफारिसको आधारमा १ सय १ नै गन्तव्य मन्त्रालयले छानेको भए पनि मन्त्रिपरिषद्ले भने निर्णय गरिसकेको छैन ।
उनले असार अन्तसम्ममा निर्णय हुने पनि जनाए ।

सङ्घीय सरकारले भने कर्णाली प्रदेशका १७ पर्यटकीय गन्तव्य छनोट गरेको छ । सङ्घीय सरकार र प्रदेश सरकारले छान्ने ८४ गरी १ सय १ गन्तव्य बनाउन खोजिएको हो ।

प्रदेश सरकार २१ र सङ्घीय सरकारको १७ गरी कर्णालीका ३८ पर्यटकीय गन्तव्यका लागि आगामी वर्ष बजेट विनियोजन भएको छ ।

प्रदेश मन्त्री नन्दसिंह बुढाका अनुसार प्रदेश पर्यटन बोर्डको गठन पछि नयाँ पर्यटकीय गन्तव्यको घोषणा गरिने छ । अव नयाँ पर्यटकीय गन्तव्यको गुरुयोजना बनाएर बजेट परिचालन हुनेछ ।

प्रदेशमा सीमित बजेट भएका कारण सबै पर्यटकीय गन्तव्यलाई बजेट विनियोजन गर्न नसकिएको उनको भनाई छ । तर, आगामी वर्षमा भने सबै क्षेत्रलाई बजेट विनियोजन गरिनेछ ।

आर्थिक वर्ष २०७६/७७ का लागि मन्त्रालयलाई रु. २ अर्व ४५ करोड ६ लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…