दश वर्षपछि पर्यटक भिसा शुल्क वृद्धि, साउन १ देखि लागु हुने
काठमाडौँ । सरकारले दश वर्षपछि आगामी साउन १ गतेदेखि नयाँ पर्यटक भिसा शुल्क कार्यान्वयनमा ल्याउने भएको छ । हालसम्म बि.सं. २०६५ सालमा निर्धारित भिसा शुल्क कायम रहेको छ ।
गत जेठ १२ गते मन्त्रिपरिषद्को बैठकले भिसा शुल्क बढाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार अध्यागमन विभागले आगामी साउन १ गतेदेखि नयाँ भिसा शुल्क लागु गर्न लागेको हो । अध्यागमन विभागले आफ्नो वेबसाइटमा भिसा शुल्क सम्बन्धी सूचना जारी गरिसकेको छ ।
सार्क सदस्य राष्ट्रलाई एक महिनासम्म निःशुल्क भिसा
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रका राहदानी बाहकहरू नेपाल आउँदा ३० दिन (१ महिना) सम्म निःशुल्क भिसा पाउने भएका छन् ।
जसमा सार्कका सदस्य राष्ट्रहरू बङ्गलादेश, भुटान, भारत, मालदिभ्स, पाकिस्तान र श्रीलङ्का (अफगानिस्तानबाहेक) का गरी ६ देशका नागरिकहरूले १ महिना सम्मको भिसा शुल्क तिर्नुपर्दैन ।
सार्क सदस्य राष्ट्रलाई १ महिनाको निःशुल्क भिसा लागु गरेको सरकारले सदस्य राष्ट्रभन्दा बाहिरको चिनियाँ नागरिकलाई भने ५ महिना (१५० दिन) सम्मको निःशुल्क भिसाको व्यवस्था गरेको छ।
२०७२ सालको भूकम्प र नाकाबन्दीले पर्यटकको सङ्ख्यामा कमी आएको भन्दै तत्कालीन परराष्ट्रमन्त्री कमल थापाले चीन भ्रमणका क्रममा नेपाल आउने चिनियाँ पर्यटकलाई भिसा शुल्क नलाग्ने व्यवस्थामा हस्ताक्षर गरेका थिए । उक्त हस्ताक्षर पछि हालसम्म पनि चिनियाँ पर्यटकले नेपालमा निःशुल्क भिसामा आउने गरेका छन् ।
शुल्क वृद्धि
साउन १ गतेदेखि लागु हुने नयाँ भिसा दररेटमा यसअघि १५ दिनको बहुप्रवेश सुविधा सहितको भिसा २५ अमेरिकी डलर वा सो बराबरको अन्य विदेशी मुद्रा रहँदै आएकोमा ५ अमेरिकी डलरले वृद्धि भएको छ । अव विदेशीले १५ दिनको भिसा शुल्कका लागि ३० अमेरिकी डलर बुझाउनु पर्नेछ ।
त्यस्तै ३० दिनको बहुप्रवेश सुविधासहितको भिसाका लागि ४० अमेरिकी डलर शुल्क रहेकोमा १० ले वृद्धि भएको छ । नयाँ शुल्क अनुसार पर्यटकले ५० डलर बुझाउनु पर्ने भएको छ । ९० दिनको भिसा शुल्क सय डलर रहेकोमा वृद्धि भएर एक सय २५ पुगेको छ । एक दिनको २ अमेरिकी डलर रहेकोमा वृद्धि भएर ३ अमेरिकी डलर पुगेको छ ।
यस्तै भिसा म्याद थपमा प्रतिदिनको ३ डलर पुर्याइएको छ । यसअघि म्याद थपमा प्रतिदिनको २ डलर मात्रै थियो । साथै ३० दिनको गैरपर्यटकीय भिसा जारी गर्दा पनि ३० डलर लिने गरी नियमावली परिवर्तन गरिएको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक पश्चात् सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने तयारी गरिरहँदा पर्यटक भिसा शुल्कमा वृद्धि गरेको भन्दै पर्यटन व्यवसायी असन्तुष्ट बनेका थिए ।
पछिल्लो समय धेरै पर्यटक नेपाल आउने गरेको चीनमा निःशुल्क भिसा हालसम्म पनि लागु भएको र अन्य देशका पर्यटकको भिसा शुल्क वृद्धि गरेको भन्दै २० लाख पर्यटक ल्याउन मुस्किल भएको उनीहरूले बताएका थिए ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…