पर्यटन प्रवर्द्धन गर्न सुन्दरीजलमा क्यानोनिङ
काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उदेश्यले शनिवार सुन्दरी जलमा क्यानोनिङ आयोजना गरिएको छ । काठमाडौँबाट २५ किलोमिटर दुरीमा रहेको गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलस्थित स्यालमती नदीमा क्यानोनिङ गरिएको हो ।
करिब ४० मिटर अग्लो झरनामा डोरीको सहायताबाट पानीमा रुझ्दै ६५ जनाले क्यानोनिङ गरे । क्यानोनिङ एसोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले पर्यटकलाई लक्षित गरेर क्यानोनिङ गरिएको बताए । पछिल्लो समय विदेशी मात्रै नभएर स्वदेशी युवाहरूको पनि क्यानोनिङमा आकर्षण बढेको छ ।
लामाका अनुसार हालसम्म एसोसिएसनले लमजुङ, कास्की धादिङ, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लामा क्यानोनिङ सञ्चालन गर्दै आएको छ । सुन्दरीजलमा सञ्चालन गरिएको क्यानोनिङ पाँचौँ राष्ट्रिय क्यानोनिङ महोत्सवको रूपमा मनाइएको हो । नेपाल पर्यटन बोर्डको सहयोगमा उक्त महोत्सव सञ्चालन गरिएको हो ।
क्यानोनिङका विभिन्न प्रकार मध्ये शनिवार सञ्चालन गरिएको क्यानोनिङ वेट क्यानोनिङ रहेको अध्यक्ष लामाले बताए । उनका अनुसार युरोप तथा अमेरिकाबाट क्यानोनिङ खेलको सुरुवात भएतापनी ९० को दशकदेखी नेपालमा भित्र्एिको हो। । क्यानोनिङ संघले सन् २००३ देखी नेपालमा क्यानोनिङ खेलाउँदै आएको हो।
क्यानोनिङको सम्भावना राम्रो रहेको उनी बताउँछन् ।साहसिक खेल खेल्न मन पराउने विदेशीहरूलाई यो खेलमा आकर्षित गर्न सकिन्छ । सम्भावना भएका देशहरूमा प्रचारप्रसार गर्न सके विदेशीलाई आकर्षित गर्न सकिने उनले जनाए ।
एसोसिएसनको तथ्याङ्क अनुसार नेपालमा वार्षिक करिब १० हजारले विभिन्न झरनामा क्यानोनिङ गर्ने गर्छन् । जसमध्येमा१ हजार मात्रै विदेशी पर्यटक छन् । हाल क्यानोनिङ पेसामा ५० भन्दा बढी तालिम प्राप्त गाइड छन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…