July 14, 2019

बाढी पहिरोबाट ६० को मृत्यु, उद्धारका लागि टोली तयारी अवस्थामा

Flooding nepalकाठमाडौं । बिहीबारदेखि निरन्तर रुपमा भएको वर्षाका कारण हुनसक्ने क्षतिमा उद्धारका लागि नेपाल र्याफटिङ एशोसिएसन (नारा) र नेपाल गाइड एशोसिएसन तयारी अवस्थामा रहेका छन् ।

गृहमन्त्रालयको अनुरोधमा नाराका सचिव भिष्मराज थपलिया र नेपाल गाइड एशोसिएसनका सदस्य दिपक नेपालको नेतृत्वमा खोज तथा उद्धारमा जाने सहयोगी टोली तथा उद्धार सामाग्री तयारी अवस्थामा राखिएको हो ।

टोलीमा तालिम प्राप्त ४० गाइड तथा ४० वटा डुंगा तयारी अवस्थामा राखिएको नाराका महासचिव शिव अधिकारीले जानकारी दिए ।

थपलिया र नेपालको टोली पूर्वी तराइका कोशी व्यारेज, हनुमान नगर, तिलाठी, राजविराज, छिन्नमस्ताको स्थलगत अवलोकन समेत गरेका थिए । अवलोकन पछि उनीहरुले रिभर गाइड, प्रशिक्षक र उद्धार टोलीलाई उच्च तयारी अवस्थामा राखेको हो ।

बाढी र बर्षाका कारण देशभरबाट अहिलेसम्म ६० जनाको ज्यान गएको सरकारले पुष्टि गरिसकेको छ । वर्षाका कारण सबैभन्दा बढी प्रदेश १, २ र ३ प्रभावित बनेका छन् । तराईका थुप्रै जिल्लामा डुबान र बाढीका कारण हजारौँ विस्थापित भएका छन् ।

सरकारले राहत र उद्धारका लागि नेपाल प्रहरीका साथमा सशस्त्र प्रहरी र नेपाली सेनालाई समेत परिचालन गरेको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…