लमजुङका पाँच होमस्टे : तपाईँलाई स्वागत गर्न तयार
- बसन्ता भट्ट
बेसीशहर । पछिल्लो समय लमजुङका थप विभिन्न गाउँहरूमा हामेस्टे (घरवास) हरू गरिएको छ । जिल्लामा पर्यटन पवद्र्धन गर्ने उदेश्यले स्थानीयको सक्रियतामा यस्ता होमस्टेहरुको सुरुवात भएको हो । पछिल्लो समय त्यसमा स्थानीय र प्रदेश सरकारलेसमेत सहयोगी हात अगाडि बढाएको छ ।
यस आलेखमा लमजुङका प्रमुख पाँच होमस्टेहरुको बारेमा छोटकरी विवरण दिइएको छ । यी पाँच मात्र होइनन्, अरू पनि छन् लमजुङमा । घुमन्तेहरूले छानेर बस्न सक्छन् । क्होलासोँधर गाउँपालिकामा पर्ने घलेगाउँ, भुजुङ, मस्र्याङदी गाउँपालिकामा रहेको सिउरुङ, पूर्वी लमजुङको राइनासकोट, बेंसीशहर नगरपालिकामा रहेको काउलेपानी र खासुरमा रहेको होमस्टेको बारेमा छोटकरी परिचय दिइएको छ ।
घलेगाउँ : सार्ककै नमुना
लमजुङको क्होलासोथर गाउँपालिका वडा नं. ३ मा पर्ने घलेगाउँ गुरुङहरूको बाहुल्यता रहेको पर्यटकीय गाउँ हो । घलेगाउँमा ८० घर गुरुङ ४५ घर दलित रहेका छन् । सार्क राष्ट्रकै नमुना पर्यटकीय गन्तव्य रूपमा परिचित घलेगाँउमा २०५७ सालमा पहिलो पटक होमस्टेको सुरुवात गरिएको हो । सुरुमा १२ घरमा होमस्टे सुरु गरिएकोमा अहिले ३२ घरमा पाहुना राख्न मिल्ने बनाइएको छ ।
लमजुङ सदरमुकाम वेसीशहरबाट २४ किलोमिटर दुरी रहेको घलेगाउँसम्म पुग्न गाडीमा करिब २ घण्टा र पैदल हिँडेर करिब ५ घण्टा लाग्छ । घलेगाउँको मुख्य आकर्षण नागबेली गर्दै बगेको मर्स्याङदी नदी, उत्तरकन्या जलदेवी मन्दिर, चियावगान, गुरुङ सङ्ग्रहालय, भ्यु टावर, विभिन्न हिमालको दृश्यावलोकन रहेको छ भने गुरुङ समुदायको संस्कार संस्कृति र न्यानो अतिथ्यता होमस्टेको प्रमुख विशेषता हो ।
सिउरुङ : मनोरम स्थल
उत्तरी लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं. ३ मा अवस्थित सिउरुङ गाउँ समुन्द्री सतहबाट १ हजार ९ सय मिटर उचाइमा रहेको छ । गुरुङ समुदायको बाहुल्यता रहेको सिउरुङ गुरुङ संस्कृति र नेपाली मौलिक परम्परा एवं आर्गानिक खानाको लागि प्रसिद्ध छ । राम्रो होमस्टेको रूपमा मानिने १ सय १२ घर गुरुङको घर रहेको यस गाउँमा आउने पाहुनाहरूलाई गुरुङ संस्कृति अनुसार स्वागत गर्ने गरिन्छ । सदरमुकाम बेसीशहरबाट साँढे ३ घण्टा जीप यात्रामा पुग्न सकिने सिउरुङको मुख्य विशेषता जातीय मौलिक संस्कृतिसँगै भक्ति थापाको खर्क, हरसिङडाँडा, काँडेचौर, भेडीगोठ, अैलैचिखेतीको अवलोकन पनि हो ।
काउलेपानी : मुलुककै उत्कृष्ट
नेपालकै उत्कृष्ट होमस्टे गाउँ मानिने काउलेपानी लमजुङको बेंसीशहर नगरपालिका–३ मा पर्छ । यो गाउँ गाउँशहरस्थित लमजुङ दरबार नजिकै छ ।
व्यवस्थित हामस्टे र मौलिक नेपालीपन रहेको काउलेपानीमा कला, संस्कृति र रितिरिवाजको जीवन्त त्रिवेणी देख्न पाइन्छ भने नजिकै रहेको ऐतिहासिक गाउँशहर, काउलेपानी मन्दिर, भ्यूटावर काउलेपानीको मुख्य आकर्षण हुन् । बेसीशहरबाट ३० मिनेट सवारी यात्रा र १ घण्टाको पदैलयात्रामा काउलेपानी पुग्न सकिन्छ ।
खासुर : नारी समूहको पहल
खासुर ।समुन्द्री सतहदेखि ९ सय ५० मिटर उचाइमा रहेको पर्यटकीय गाउँ खासुर बेसीशहर नगरपालिका वडा नं. १० मा पर्छ । करिब १ सय ३० घरपरिवारको बसोबास रहेको यस गाउँमा २४ घरमा होमस्टे सञ्चालन गरिएको छ । सफा व्यवस्थित गल्ली, नमुना सामुदायिक होमस्टे रहेको यस गाउँमा महिलाहरूले होमस्टे चलाएका छन् । स्थानीय प्रगति नारी समाजमा आबद्ध १६ जना महिलाहरूले सामूहिक खाजा घर समेत सञ्चालन गरेका छन् । सदरमुकाम बेसीशहरबाट ३० मिनेटको सवारी यात्रा र एक घण्टाको पैदल यात्रामा खासुर पुग्न सकिन्छ । सदरमुकामबाट नजिक रहेकाले विभिन्न किसिमका कार्यक्रमहरु गर्न यहाँ सजिलो छ ।
राइनासकोट : नेपाल एकीकरणको सम्झना
समुन्द्री सतहबाट १ हजार ७ सय ५० मिटर उचाइमा रहेको पूर्वी लमजुङको प्रसिद्ध ऐतिहासिक स्थलको हो, राइनासकोट । नेपाल एकीकरणको इतिहाससँग जोडिएको राइनासकोटबाट गणेश हिमाल, बौद्ध, हिमालचुली, मनास्लु, लमजुङ, अन्नपूर्ण, माछापुछ्रे, धौलागिरीलगायतका दर्जनौँ हिमश्रृङखला एकैसाथ देख्न सकिन्छ ।
सूर्योदय र सूर्यास्तको अलौकिक दृश्य हेर्न सकिन्छ भने राइनासकोट प्याराग्लाइडिङको लागि उपयुक्त स्थान पनि हो । १५ घरको सानो गुरुङ बस्ती रहेको राइनासकोटमा व्यवस्थित होमस्टेले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ । योग स्तम्भ, ५ सय वर्ष पुरानो सिद्धको मन्दिर, कोटेश्वर महादेव कालिका मन्दिर र पुरातात्विक गढीहरु राइनासकोटका ऐतिहासिक धरोहर हुन् । भूकम्पपछि पुननिर्माणले गति लिएसँगै राइनासकोटमा दिनप्रतिदिन पर्यटकको चहलपहल बढ्दो छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…