July 16, 2019

राजधानीको क्यासिनोमा अनुगमन

 

Casino in Indian border

काठमाडौँ । पर्यटन विभागले पाँचतारे होटेलहरुमा सञ्चालित क्यासिनो अनुगमन गरेको छ । क्यासिनोको नवीकरण गर्नुपर्ने भएकोले अनुगमन गरिएको हव ।

पर्यटन विभागका अनुसार क्सासिनो अनुगमन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता घनश्याम उपाध्यायको नेतृत्वमा ५ सदस्यीय समिति समेत गठन गरिएको छ । समितिमा पर्यटन विभागका महानिर्देशक, होटेल तथा होमस्टे शाखाका निर्देशक, शाखा अधिकृत र होटेल एसोसिएन (हान) का प्रतिनिधि रहेका छन् ।

उक्त समितिले होटेल डेल अन्नपूर्णमा सञ्चालन भएको क्यासिनो अन्ना, हायात होटलमा सञ्चालित क्यासिनो, मल्ल होटेलमा सञ्चालन भएको बेलिज र सोल्टी होलटमा सञ्चालन भएको माजोङ क्यासिनोको अनुगमन गरेको थियो ।

वैध रूपमा रहेका सबै क्यासिनोको अनुगमन सकेपछि मात्रै नवीकरणको प्रक्रिया सुरु हुने विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । उनका अनुसार वैध रूपमा रहेका मध्येमा अव दुई वटा क्यासिनोको अनुगनम बाँकी छ ।

जसमा साँग्रिला र रुपन्देहीको टाईगरवान होटेलमा सञ्चालन गरिएको क्यासिनोको अनुगमन बाँकी छ ।

हाल विभिन्न पाँचतारे होटेलमा सञ्चालित ठुलो र मिनी गरी २० वटा क्यासिनोमध्येमा १४ वटा क्यासिनो अदातलको स्टे अडरमा सञ्चालित छन् । उनीहरूको मुद्दा लामो समयदेखि अदालतमा विचाराधीन रहेको विभागले जनाएको छ ।

हाल ठुला क्यासिनो सञ्चालनकाले वार्षिक ४ करोड रोयल्टी शुल्क, नवीकरणका लागि १ करोड र निवेदनका लागि ५ लाख रुपैयाँ राजश्व तिर्नुपर्छ। त्यस्तै मिनी क्यासिनोको लागि १ करोड रोयल्टी, ५० लाख नवीकरण शुल्क र २ लाख निवेदन शुल्क लाग्ने विभागले जनाएको छ । ठुलो क्यासिनो सञ्चालन गर्न २५ करोड पुँजी र सानो क्यासिनो सञ्चालन गर्न १५ करोड पुँजी आवश्यक पर्छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…