सबै भन्दा धेरै प्रतिशत थाई पर्यटक बढ्यो
काठमाडौं । चालु वर्षको पहिलो छ महिनामा नेपाल आउने पर्यटक मध्ये सबैभन्दा धेरै प्रतिशत थाइल्याण्डको बढेको छ । त्यसपछि चीन र जर्मनी रहेका छन् ।
थाई पर्यटकको सङ्ख्या गतवर्षको यही अवधिको तुलनामा ३८.१५ प्रतिशत बढेको छ भने दोस्रोमा चिनियाँ १९.५३ र जर्मन १२.८५ प्रतिशत वृद्धि भएको छ । यद्यपि नेपाल आउने पर्यटकको सङ्ख्या भने सबै भन्दा धेरै भारतीय छन् । भारतीय पर्यटकको वृद्धि भने ७.३६ प्रतिशत रहेको छ ।
त्यसै गरी अमेरिकी पर्यटकको सङ्ख्या १०, सार्क मुलुकको १०.४, दक्षिण कोरियाको ५.३४ प्रतिशत बढेको छ । त्यस्तै युकेको ४.१७ र अस्ट्रेलियाको ४.१ प्रतिशत बढेको छ ।
नेपाल पर्यटन बोर्डले जारी गरेको विज्ञप्ति अनुसार कुल पर्यटक आवागमनमा १२.६ प्रतिशत वृद्धि भएको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…