निगमको ऋणको व्याज पनि साँवामा जोडियो
गन्तव्य पहिल्याउन नसक्दा वाइडबडीले अझै काम पाएन
काठमाडौँ । नेपाल वायुसेवा निगमले वाइड बडी (एयरबस ३३०) विमान खरिदमा लिएको ऋणको किस्ता तिर्न नसकेपछि व्याज पनि साँवामा जोडिएको छ ।
लामो दुरीको अन्तर्राष्ट्रिय उडान लक्षित गरेर ल्याएको दुई वाइड बडी विमानले एक वर्षदेखि गन्तव्य नपाउँदा किस्ता तिर्न नसकेको हो । निगमको २ विमान खरिद गर्न नागरिक लगानी कोष र कर्मचारी संञ्चयकोषबाट २४ अर्व रुपैयाँ ऋण लिएको थियो । दुवै संस्थालाई गरेर हरेक तीन महिनामा निगमले एकमुष्ट १ अर्व १३ करोड रुपैयाँ भुक्तानी गर्नु पर्ने हुन्छ ।
तर, निगमले जहाज आएपछिको पहिलो किस्ता बाहेक तिर्न सकेको छैन । गत साउनमा दोस्रो विमान आएको असोजमा निगमले सम्झौता अनुसार किस्ता तिरेको थियो । त्यसपछि दोस्रो किस्ता पुसमा तिर्नु पर्नेमा जम्मा ४४ करोड भुक्तानी गर्यो । पुसपछि चैत्र र असार पुरै किस्ता बाँकी रहेको छ ।
पुस मसान्तको ६९ करोड तिर्न बाँकी रहेकोमा चैत्र र असारको १ अर्व १३ करोड रुपैयाँका दरले दुई किस्ता पनि जोड्दा निगमले तिर्नु पर्ने रकम २ अर्व ९५ करोड रुपैयाँ रहेको छ ।
निगमले सञ्चय कोष र नागरिक लगानी कोषसँग किस्ता १५ वर्षसम्म तीन–तीन महिनामा किस्ता बुझाउने सर्तमा सरकार जमानी बसेर ऋण लिइएको थियो ।
निगमले दुई वाइडबडीको ८० करोड ४२ लाख र दुई न्यारोबडीको ३३ करोड नौ लाख रुपैयाँ गरी एक किस्तामा १ अर्व १३ करोड रुपैयाँ तिर्नु पर्छ । हाल निगमको कुल ऋण ३७ अर्व ५८ करोड रहेको छ । त्यस मध्ये २४ अर्व वाइडबडीको हो भने बाँकी १३ अर्व ५४ करोड रुपैयाँ न्यारोबडी खरिदका लागि लिएको ऋण हो ।
व्याज १०.५ प्रतिशत
निगमले किस्ता तिर्न नसकेपछि साउनदेखि कर्मचारी सञ्चय कोषले भुक्तानी गर्न बाँकी रकममा पनि १०.५ प्रतिशतका दरले व्याज लगाउने भएको छ । निगमले सञ्चय कोषलाई असार मसान्तसम्मको किस्ता र व्याज गरी २ अर्व ९५ करोड भुक्तानी गर्न बाँकी छ ।
वाइडबडीले गन्तव्यमा उडान भर्न नसकेको समयमा किस्ता रकमको समेत ब्याज पनि साँवा भएर थप ब्याज लाग्दा निगम दोहोरो ऋणको भारमा परेको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…