July 26, 2019

यती एयरलाइन्सले पोखराबाट भरतपुर र भैरहवा उडान भर्दै

Yati airlines
फाइल तस्विर : यति एयररलाइन्सको जहाज ।

काठमाडौं । निजी क्षेत्रको यती एयरलाइन्सले पोखराबाट भरतपुर र भैरहवा उडानको तयारी गरेको छ । यसअघि काठमाडौं केन्द्रीत यतीको उडान अब पर्यटकीय सहर पोखराबाट पनि हुनेछ ।

यतीले आगामी साउन १६ गतेदेखि पोखरा–भरतपुर र भदौ २९ गतेदेखि पोखरा–भैरहवा उडान सुरु गर्ने जनाएको छ ।

पोखराबाट २० मिनेट दुरीमा रहेको दुवै विमानस्थलमा हुने दैनिक १/१ उडान ३० सिटे जेटस्ट्रिम विमानबाट हुने यती एयरलाइन्सका प्रवक्ता भीमराज राईले बताए । यसका साथै यतिले माउन्टेन फ्लाइड र चार्टर्ड फ्लाईट पनि गर्ने छ ।

सन् १९९८ मा दुई वटा ट्विनअटर विमानबाट व्यावसायिक उडान सुरु गरेको यो कम्पनीसँग हाल ४ एटिआर–७२, ६ वटा जेट स्ट्रिम गरी १० विमान छन् । यी विमानबाट यतीले आन्तरिक र माउन्टेट फ्लाइट गर्दै आएको छ ।

हाल यतीले हाल ८ गन्तव्यमा उडान गरिरहेको छ । राईका अनुसार ६ वटा जेटस्ट्रिमले काठमाडौंबाट तुम्लिङटार, जनकपुर, भरतपुर, भैरहवा, नेपालगञ्ज उडान गर्दै आएको छ भने एटिआर ७२ ले भद्रपुर, पोखरा र विराटनगरमा उडान गरिरहेका छन् । दैनिक ६ माउन्टेन फ्लाइट गर्ने यतीले काठमाडौंबाट पर्यटकीय सहर पोखरामा दैनिक १० उडान गरिरहेको छ ।

त्यस्तै निजी क्षेत्रकै लगानीमा सञ्चालित बुद्ध एयरले यसअघिदेखि नै पोखराबाट भरतपुर र भैरहवा उडान गर्दै आएको छ । बुद्धले ती स्थानहरुमा एक वर्ष अघि उडान सुरु गरेको हो । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार विहान अन्नपूर्ण रेन्जमा माउन्टेन फ्टलाइटसमेत गर्दै आएको छ ।

सिजनमा विदेशी पर्यटक बोके पनि अन्य समयमा आन्तरिक पर्यटकले नै विमान भरिने गरेको बुद्धले जनाएको छ । भरतपुर र भैरहवाका अधिकांश उडान फूल अकुपेन्सीको हुन्छ । बुद्धले १८ सिटे बिच क्राफ्ट विमानबाट उडान गर्दै आएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…