नेपाली विमानले चीनका १५ सहरमा उडान भर्न पाउने
काठमाडौं । चीनले नेपाली विमान कम्पनीलाई थप ८ वटा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न अनुमति दिने भएको छ । ती गन्तव्यहरूको भने नाम तोकिएको छैन ।
यसअघि बेइजिङ, सांघाई, ल्हासा, ग्वांङझाउ, कुनमिङ, छेन्दु र सियानमा नेपाली एयरलाइन्सले उडान अनुमति पाएको थियो । यद्यपि अहिलेसम्म कुनै पनि एयरलाइन्सले चीनमा उडान भर्न पाएका छैनन् ।
नेपाल र चिनियाँ नागरिक उड्डयन अधिकारीहरुबीच २१ वर्षअघि भएको हवाई सेवा सम्झौताको पुनरावलोकनका विषयमा भएको वार्ताका क्रममा उक्त सम्झौता भएको बेइइजिङमै रहेका उपसचिव प्रमोद नेपाललाई उद्धृत गर्दै कान्तिपुरले समाचार लेखेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा बेइजिङ पुगेको प्रतिनिधिमण्डलले शुक्रवार हवाई सेवा सम्झौता पुनरावलोकन गर्दै यस्तो सम्झौता गरेका हुन् ।
यसै गरी हाल चीन र नेपालबीच सातामा ७० वटासम्म उडान गर्न पाउने सङ्ख्यालाई ९८ पुर्याइएको छ । दुवै देशका वायुसेवा कम्पनीले सातामा अधिकतम ९८ वटा उडान भन्दा बढी गर्न पाउने छैनन् । एउटा उडानमा २ सय सिट बराबर सम्झौता हुने भएकाले यो सम्झौताअनुसार, सातामा १९ हजार ६ सय हवाई यात्रु ओहोरदोहोर गर्न सक्ने छन् ।
चिनियाँ विमान कम्पनीहरूका लागि काठमाडौँबाहेक सन् २०२० देखि सञ्चालनमा ल्याइने भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा बन्दै गरेको क्षेत्रीय विमानस्थलमा पनि उडान गर्न पाउने छन् । यी दुवै विमानस्थल सञ्चालन भए लगत्तै चिनियाँ विमान कम्पनीहरूले सिधा उडान गर्न पाउने सहमति भएको बताइएको छ ।
यो पनि पढ्नुस्
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…