सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्रमा हाफ म्याराथन हुने
काठमाडौं । जनैपूर्णिमाको अवसरमा सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्रमा तेस्रो पाँचपोखरी ट्रेल हाफ म्याराथन २०१९ आयोजना गर्ने भएको छ । विगतमा जस्तै मयाराथन पाँच पोखरीदेखि रैथानेश्वरी मन्दिरसम्म २१ किलोमिटरको हुनेछ ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुन लागेको उक्त हाफ म्याराथन साउन ३० गते हुनेछ । बुधबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपाल सरकारले भिजिट नेपाल २०२० को अवसरमा पाँचपोखरीलाई पनि एक सय गन्तव्यमा पारेको छ ।
आयोजकका अनुसार कार्यक्रमको माध्यमबाट पाँचपोखरी, रैथाने र गाउँपालिकाभित्र रहेका सयौं पर्यटकीय क्षेत्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने उदेश्य राखेको छ । साथै कार्यक्रमले त्यस क्षेत्रको आर्थिक र सामाजिक विकासमा टेवा पुग्नुका साथै खेल क्षेत्रमा युवाहरुलाई आकर्षित गरेर राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नमा टेवा पुग्ने पनि बताइएको छ ।
एक सय ५५ जना खेलाडी सहभागी हुने उक्त म्याराथनमा पूर्वमन्त्री शेरबहादुर तामाङले आफु पनि म्याराथनमा सहभागी हुने बताए । पत्रकार सम्मेलनमा प्रदेश साँसद निमा लामाले नेपालमा पर्वतीय खेलकुदका लागि राम्रो संभावना रहेको उल्लेख गर्दै रसुवा–सिन्धुपाल्चोक जोडेर लामो समयसम्म पर्वतीय पर्यटकलाई अड्याउन सकिने बताए ।
म्याराथनमा प्रथम हुनेलाई ५०,०००, दोस्रो हुनेलाई ३०,०००, तेस्रोलाई २०.०००, चौथोंलाई १०,००० र पाँचौंलाई ५,००० रुपैयाँ नगद पुरस्कार रहेको छ । सिन्धुपाल्चोकका सहभागीहरुलाई छुट्टै पहिलो हुनेलाई रु. १५ हजार, दोस्रो हुनेलाई १०,००० र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ नगद पुरस्कार रहेको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…