निगम सुधारको उपाय सुझाउन समिति गठन, निजगढ विमानस्थल २०१९ मा शिलान्यास गरिने
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल वायु सेवा निगमको सुधारका लागि उपायहरू पहिल्याउन भन्दै एक समिति गठन गरेका छन् ।
समितिको संयोजकमा पूर्व पर्यटन सचिव सुशील घिमिरे छन् भने सदस्यहरूमा चार्टर एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल, निगमका पूर्व क्याप्टेन सुधीर संशेर राई र सदस्य–सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । समितिलाई एक महिना समयवधी दिइएको छ ।
यसअघि मन्त्री भट्टराईले आफ्नो नियुक्तिकै दिन ‘वाह नेपाल वायुसेवा निगम’ भन्ने बनाउँछु भनेका थिए । निगम अहिले अर्वौँ रुपैयाँको ऋणमा डुबेको छ । विना कार्ययोजना दुई वटा वाइडवडी विमान खरिद गरेपछि निगम थप ऋणमा डुबेको हो ।
मन्त्री भट्टराईले निगमका बारेमा यसअघि धेरै अध्ययन भइसकेकोले अल्मिलनु पर्ने कुनै कारण नभएको पनि बताए । यही समितिले के गर्ने भन्ने सुझाव दिने र त्यसैको आधारमा निर्णय लिइने उनले बताए । ‘निगमका लागि साझेदार ल्याउने की कसरी अघि बढ्ने भन्ने हुन्छ’ उनले बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा भने, ‘मुलुकको ध्वजा वाहक वायुसेवालाई डुब्न दिइने छैन ।’
उनले निगमलाई आन्तरिक उडानहरूलाई पनि सुचारु गर्न भनिएको बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड हेण्डलिङको काम पनि निगमले नै हेरिरहेको बताउँदै भएका पुराना बसहरू हटाएर नयाँ ल्याउन भनी सकिएको बताए । ‘पुराना हटाएर नयाँ, स्मार्ट र आधुनिक बसहरूको व्यवस्था गर्न भनेको छु’ उनले भने ।
२०१९ भित्रै निजगढ विमानस्थल सुरु गरिने
मन्त्री भट्टराईले निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल निर्विकल्प रहेको बताएका छन् । उनले देखिएका समस्या समाधान गरेर निजगढमै विमानस्थल बनाइने बताए । उनले सन् २०१९ भित्रै निर्माण सुरु गरिनेसमेत बताए ।
मन्त्री भट्टराईका अनुसार विमानस्थल निर्माणका केही विषयहरू सुल्झाउनु पर्ने रहेको उल्लेख गर्दै ती विषयहरू सम्बोधन गरेर निर्माणको वातावरण तयार पारिने बताए ।
‘मुआब्जाको कुरा छ । त्यसका लागि पनि एउटा मापदण्ड बनाएर टुङ्ग्याइने छ, त्यहाँका बासिन्दाहरूलाई आफै अर्को ठाउँमा सेटल हुने की सरकारले नै स्थानान्तरण गर्ने भन्ने कुरा निर्क्योल गरिने छ’ उनले भने ।
विमानस्थलको विषय प्रदेश २ को सरकारसँग पनि जोडिने हुँदा त्यहाँ पनि समन्वय गरिने बताए ।
त्यसैगरी विमानस्थल निर्माणका क्रममा रुख काटिने भन्ने चर्चा चलिरहेको र त्यसबारे सुनेको उल्लेख गर्दै उनले भने, ‘यस विषयमा यति भन्न चाहन्छु, म विध्वंस गर्न आएको होइन, म निर्माण गर्न आएको हुँ ।’ उनले अझै पनि विमानस्थल बनाउँदा के कति मानिस प्रभावित हुने र के कति रुख काट्नु पर्ने भन्ने सम्बन्धमा निर्क्योल नभएको पनि बताए ।
आइकाओको परीक्षामा उतिर्ण
इन्टरनेशनल सिभिल एभिएसन अर्गनाइजेशन (आइकाओ) को परीक्षामा सफलता हासिल भएको पनि उनले बताए । ‘यो खुसीको कुरा बाँड्न चाहन्छु, आइकाओको परीक्षामा हामीले ६६.७ प्रतिशत अङ्क पाएका छौँ । जबकि यसमा ६० प्रतिशत ल्याए पुग्छ’ उनले भने । आइकाओले नेपालको नागरिक उड्डयनको विषयहरूमा यसअघि देखि नै प्रश्नहरू उठाउँदै आएको छ । उनले आइकाओले उठाएका विषयहरू धेरै जसो सम्बोधन भएको र युरोपियन युनियनले नेपाली जहाजलाई राखेको ‘ब्ल्याकलिष्ट’ हटाउनका लागि प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले आफ्नो तहबाट यसअघिदेखि नै पहल गरिरहेको बताए ।
फ्लाइट स्कुल
पर्यटनमन्त्री भट्टराईले पाइलट पढाउनका लागि एउटा फ्लाइट स्कुल स्थापना गरिने पनि बताए । ‘हामीलाई राम्रा पाइलटहरूको आवश्यकता छ’ उनले भने, ‘अहिलेसम्म पाइलट पढ्नका लागि विदेश जानु पर्छ, त्यसको अन्त्य गर्नका लागि फ्लाइट स्कुलको अवधारण ल्याएको हुँ ।’ यसमा सरकारको मात्र होइन, निजी क्षेत्रको पनि सहभागिता हुनुपर्ने उनले बताए ।
काम ठग्ने लियाजो अफिसरलाई अव नपठाउनु
उनले यस वर्षको सगरमाथा आरोहणको विषयलाई विवादित बनाइएको बताए । ‘राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमासमेत यो विषय धेरै उठ्यो, धेरै भयो, मान्छे मरे भन्ने कुराहरू आयो’ उनले भने, ‘मैले बुझेसम्म मौसम राम्रो हुने अवधि थोरै हुँदा केही समस्या भएको हो, आरोहणमा मानिस पहिले पनि मरेका थिए, यो वर्ष पनि मर्यो ।’ उनले मर्नेहरू अधिकांश कमजोरी र हाइअल्टिच्यूट सिकनेसले मरेको दाबी गरे ।
साथै कामचोर लियाजो अफिसरहरूलाई अर्को पटकदेखि जान नदिने व्यवस्था गर्न लागेको पनि बताए । ‘मैले पर्यटन विभागमा भनेको छु, जो बिरामी भए वा जान नसक्नुका पर्याप्त कारण छन्, ती बाहेकलाई अर्को पटकदेखि जान नदिने व्यवस्था गर्नु’ उनले भने ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…