August 18, 2019

नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ (एनटिभिए) को साधारणसभा भदौँ २२ मा

Tourists Bus

काठमाडौँ । पर्यटन सवारी सञ्चालकहरूको स‌ंस्था नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटिभिए) को १६ औँ साधारणसभा यही भाद्र २२ गते हुने भएको छ । साधारणसभा सँगै आगामी २ वर्षको लागि नयाँ नेतृत्व चयन समेत गर्नेछ ।

२०६८ सालमा पर्यटक यातायात सेवा व्यवसाय दर्ता तथा सञ्चालन कार्यविधि आएपछि दर्ता भएको सङ्घमा हालसम्म सहमति कार्यसमिति बन्दै आएको सङ्घका अध्यक्ष रामशरण कार्की बताउँछन् ।

‘मैले दुई वर्षसम्म यही सङ्घमा बसेर पर्यटक बस व्यवसायीहरूको नेतृत्व गरेँ । अब मैले गर्न नसकेका काम गर्ने जिम्मेवारी अरू साथीहरूलाई दिन्छु’ उनले भने ।

सङ्घको नयाँ नेतृत्व (कार्यसमिति) १३ सदस्यीय रहनेछ । जसमा १ अध्यक्ष, प्रथम र द्वितीय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र चार जना सदस्यका छन् । सङ्घको निर्देशिकामा अध्यक्ष पदमा दुई पटक भन्दा बढी बस्न नपाउने व्यवस्था छ ।

सङ्घमा महिला व्यवसायीको सहभागिता भने छैन । अध्यक्ष कार्कीका अनुसार व्यवसायमा धेरै पुँजी आवश्यक पर्ने, जोखिम बढी हुने भएकाले महिला सहभागिता नभएको बताए ।

बढी जोखिम हुने हुँदा कुनै पनि महिला व्यवसाय आबद्ध हुन चाहनु भएन । उनले भने, ‘हामीले यो व्यवसायमा महिला व्यवसायीलाई ल्याउने धेरै प्रत्यत्न गर्‍यौँ, तर कोही आउन चाहनु भएको छैन ।’

पर्यटक यातायात सङ्घमा हाल ७५ कम्पनीका करिब ५१ सय बस आबद्ध छन् । पर्यटक बसमा मात्रै करिब ३० अर्व बढिएको लगानी रहेको अध्यक्ष कार्की बताउँछन् ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न एजेन्सी र पर्यटकको माघ अनुसार नगरकोट, पोखरा, चितवन, लुम्बिनीका साथमा विभिन्न पर्यटकीय गन्तव्यमा पर्यटकलाई पु‍र्‍याउने गर्दै आएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…