August 19, 2019

पर्यटक गाइडलाई तीन दिने तालिम

Trekking Guides Association of Nepalकाठमाडौँ । पदयात्रा व्यवसायसँग सम्बन्धित पर्यटक गाइडहरूका लागि ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालले तीन दिने तालिम सम्पन्न भएको छ ।

शनिवार सुरु भएर सोमबार सम्पन्न भएको वनस्पति, जीव जन्तु र भूगर्भको विषयमा दिइएको तालिममा एक दिन सैद्धान्तिक र दुई दिन व्यवहारिक ज्ञान दिइएको थियो । तालिममा ४४ पर्यटक गाइड सहभागी थिए ।

ट्रेकिङ गाइडहरू नेपालको कुनाकाप्चामा पुग्ने पथप्रदर्शक मात्रै नभएर पदयात्रामा जाँदा स्थानीय संस्कार, संस्कृतिका साथै नयाँ–नयाँ गन्तव्यको बारेमा समेत पाहुनालाई बुझाउने पर्ने भएकोले तालिम दिनु परेको आयोजकले बताएका छन् ।

Trekking Guides Association of Nepalगाइडले पर्यटक कुन स्थानमा जान रुचाउँछन्, उनीहरूको माग अनुसार उक्त स्थानको विशेषता, जाने बाटो, त्यहाँको भौगोलिक बनावटलगायतका बारेमा जानकारी दिनु पर्ने हुन्छ । यी विषयहरूमा तालिमले सघाउ पुर्‍याएको सहभागी बताएका छन् ।

तालिम भूगर्भका विज्ञ रञ्जन दाहालले हिमालको भौगोलिक बनावटहरू उल्लेख गर्नुका साथै त्यसबाट हुन सक्ने जोखिमहरूका बारेमा सहजीकरण गरेका थिए । उनले नेपालका विभिन्न हिमालको भौगोलिक बनावट, स्थानीय संस्कारलगायतका विषयमा जानकारी गराएका थिए । त्यस्तै हिमालमा जाँदा आउने समस्या, दुर्घटना, मौसमलगायतका विषयमा गाइडहरू बताए । उनले भने, ‘आफूले नेतृत्व गरी लगेका विदेशीहरूलाई समस्या नआओस भनेर नै गाइडहरू चनाखो हुनु पर्छ ।’

तालिममा वनस्पति विज्ञ देवेन्द्र पाण्डेले नेपालका विभिन्न क्षेत्रमा पाइने वनस्पतिका बारेमा जानकारी दिएका थिए । उनले संसारमा पाइने २५ हजार जडीबुटी मध्येमा नेपालमा दुई हजारभन्दा बढी जडीबुटी उपलब्ध रहेको बताए।

Trekking Guides Association of Nepal‘गर्मीदेखि चिसो मौसममा हुने बिरुवाहरू नेपालमा उपलब्ध छन् । कुनै स्थानमा राम्रो देखिने बिरुवा विष र औषधि समेत हुने गर्छन्’ उनले भने, ‘पदयात्रामा जाने गाइडहरूले बिरुवा तथा जडीबुटीको पहिचान गरी अप्ठ्यारो परिस्थितिमा त्यसको उपयोग गर्न सक्नु पर्छ ।’

वन्यजन्तु सम्बन्धी तालिम श्रुति शाक्यले दिएकी थिइन् । उनले संसारमै नपाउने एक सिंङगे गैँडादेखि विभिन्न प्रजातिका लोपोन्मुख जीवजन्तुहरू नेपालमा पाइने बताइन् । नेपालमा २ सय १२ प्रकारका स्तनधारी जनावरहरू छन् । जसमा ४ प्रतिशतजनावर लोप हुने अवस्थामा पुगेका उनको भनाई थियो । त्यस्तै नेपालमा ८ सय ८६ प्रजातिका चराचुरुङगी पाइने पनि उनले बताइन् ।

ती चराचुरुङ्गी हेर्नका लागि पछिल्लो समय विदेशीको आकर्षण बढेको जानकारहरू बताउँछन् । बन्यजन्तु विज्ञ शाक्यका अनुसार नेपालमा पाइने चराचुरुङ्गीको बारेमा मात्रै जानकारी लिई विदेशीलाई बताउन सकेको खण्डमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने उनले बताइन् ।

Trekking Guides Association of Nepalतीनै जना प्रशिक्षकले पहिलो दिन नेपाल माउन्टेनियरिङ एकेडेमीमा सैद्धान्तिक प्रशिक्षण दिएका थिए भने दुई दिन गोदावरी बोटानिकल गार्डेन र जावलाखेल चिडियाखानामा व्यवहारिक ज्ञान दिएका थिए ।

ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष कर्ण घलेले पर्यटकलाई बाटो देखाउने मात्रै नभएर विभिन्न स्थानको बारेमा गाइडले जानकारी राख्नु पर्ने बताए ।

Trekking Guides Association of Nepal‘स्थानीय संस्कार, संस्कृति, भौगोलिक बनावटदेखि पर्यटन गन्तव्यको बारेमा समेत जानकार हुनुपर्छ’ उनले भने ।

सहभागी गाइडहरूले भने यस्ता तालिमले आफूहरूसँगको ज्ञानलाई पुनर्ताजगी गराउने भन्दै तालिमको आवश्यकतामा जोड दिएको थिए ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…