परम्परागत उपचार विधिका आम्जीहरुलाई मान्यता दिन माग
काठमाडौं । हिमाली क्षेत्रको परम्परागत उपचार विधिमा संलग्न सोवा रिग्पा आम्जीहरुले सरकारले मान्याता नदिएको गुनासो गरेका छन् । उनीहरुले मान्यता र डाक्टरको लाइसेन्स नपाउँदा सरकारी पदहरु रोजगारी नपाएको बताए ।
‘नेपालमा नभएपछि म तिब्बत र भुटानसम्म पुगें, हाम्रो आम्जीहरुलाई लाइसेन्स दिलाउन सकिन्छ की भनेर’ हिमालयन आम्ची एसोसिएसनका अध्यक्ष आम्जी ग्यात्सो बिष्टले सिप्रेडले आयोजना गरेको कार्यक्रममा शुक्रबार भने, ‘तर त्यहाँकाले त्यही मात्र दिन सकिने नेपालकालाई दिन नुसकिने सुनाए ।’
उनका अनुसार सीटीभीटीसँग स्वीकृति लिएर आम्जीहरुले स्कूल खोलेर आफ्नो उपचार विधि पढाइ रहेका छन् । साथै काठमाडौंलगायत मुलुकको धेरै क्षेत्रमा क्लिनिकहरु खोलेर उपचार पनि गराई रहेका छन् । तर उनीहरुले मेडिकल काउन्सिलबाट मान्यता भने पाएका छैनन् ।
सोवा रिग्पा एसोसिएसनका अध्यक्ष डा. तेन्जिङ धार्के गुरुङका अनुसार सोवा रिग्पाको अर्थ ‘औषधी विज्ञान’ हो । यसको मुल स्रोत सोवा रिग्पा वेद हो । यस वेदमा सोवा रिग्पाको इतिहास, मानव शरिरको वनावट, चार सय भन्दा धेरै रोगको उपचार विधि र औषधी निर्माण विधि समेटिएको छ । यो विधिको अभ्यास गर्ने व्यक्तिलाई आम्जी भनिन्छ ।
हिमाली क्षेत्रमा ९० प्रतिशतले यही उपचार विधि अपनाउने गरेको, पहाडमा करिव ४५ प्रतिशत र तराईमा २० प्रतिशतले यो विधिबाट उपचार गराउने गरेको उनको भनाई छ ।
उनका अनुसार यस उपचार विधिको सुरुवात भगवान बुद्धले गरेका हुन् । देशाटनको क्रममा आफुसँगको भिक्षु भिक्षुणीहरु विरामी परेपछि उपचार सुरु गर्दै जाँदा यस विधिको सुरुवात भएको हो ।
‘धेरैले यो झारफुक गरेर रोग निको पार्ने विधि होला भन्ने सोच्छन्’ उनले भने, ‘त्यसो होइन, यो आयुर्वेद भने जस्तै जडिबुटिको प्रयोगबाट रोग निको पार्ने विधि हो । यो एक पुस्ताबाट अर्को पुस्ता सरेर आएको छ ।’
कार्यक्रममा गोरखको चुम नुब्री क्षेत्रमा आम्जी बारे अध्ययन गरेका मनास्लु संरक्षण क्षेत्रका प्रमुख नरेन्द्र लामाका अनुसार त्यस क्षेत्रका आम्जीहरुले लद्दाख र तिब्बतसम्म पुगेर उपचार गराएको बताए । उनले बाहिर समेत गएर उपचार गराए पनि देश भित्रै मान्यता नपाउनु विडम्वना रहेको उल्लेख गरे ।
साथै जडिबुटिको सहज उपलब्धता नहुनुलगायतका समस्या रहेको उनले बताए ।
कार्यक्रममा पूर्व साँसद डा. गणेशमान गुरुङ, सिप्रेडका अध्यक्ष डा. पासाङ शेर्पा, डा. पासाङडोल्मा शेर्पालगायतले आम्जीको ज्ञान आदिवासीको परम्परागत ज्ञान भएकोले यसले मान्यता, संरक्षण र विकासमा राज्यले पहल गर्नु पर्ने बताएका थिए ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…