September 3, 2019

टानमा दुई समूहका ३४ जनाको उम्मेदवारी, कुन समुहमा को?

election of Trekking Association f Nepalकाठमाडौँ । पदयात्रा व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ् नेपाल (टान) को आगामी दुई वर्षे कार्यकालको लागि दुई समूहले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन समितिले सोमबार बेलुका प्रकाशित गरेको अन्तिम नामावली अनुसार नेकपा निकट व्यवसायीहरूको नेतृत्व अञ्जन थापा (कुमार) र नेपाली काँग्रेस निकट व्यवसायीहरूको नेतृत्व खुमबहादुर सुवेदीले गरेका छन् ।

उनीहरूले सोमबार छुट्टा छुट्टै रूपमा पत्रकार सम्मेलन गरेर आ–आफ्ना प्यानलका उम्मेदवारहरू सार्वजनिक समेत गरे ।

थापाको समूहले ‘गुणस्तरीय साहसिक तथा पर्वतीय व्यवसाय विकासको लागि राजनीतिक हस्तक्षेप मुक्त व्यावसायिक टान’ भन्ने नाराका साथ उम्मेदवारी दर्ता गराएको छ । थापाको समूहमा वरिष्ठ उपाध्यक्षमा ऋषिप्रसाद नेपाल, प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देवकोटा, द्वितीय उपाध्यक्षमा तेञ्जिङ शेर्पा रहेका छन् ।

त्यस्तै महासचिवमा सरिता लामा, सचिवमा दामोदर ढकाल, कोषाध्यक्षमा टेकबहादुर खकुराल, सहकोषाध्यक्षमा प्रदीप पण्डित रहेका छन् । महिला सदस्यमा ङिमादिकी शेर्पा, सुनिल सिलवाल, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर लामा, रघुनाथ पौडेल, रामबहादुर गुरुङ, श्रीराम अधिकारी, मिङमा शेर्पा र ठाकुर सापकोटाले सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै वर्तमान कार्यसमितिका सुवेदीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की र द्वितीय उपाध्यक्षमा भरत सापकोटाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै महासचिवमा कर्मा शेर्पा, कोषाध्यक्षमा ऋतु ग्याम्दान, सचिवमा प्रदीपकुमार घिमिरे, र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ रहेका छन् । सदस्यहरूमा खोमराज अधिकारी, सिम्बिर घले, सोनाम ग्याल्जेन शेर्पा, कान्छा शेर्पा, केशवप्रसाद दाहाल, सनम शेर्पा, रविन्द्र महर्जन, तेन्जिङ शेर्पा र बुद्धकुमारी अधिकारी महिला सदस्यका रूपमा उम्मेदवारी दर्ता गराएका छन् । सुवेदी समूहमा समाजवादी पार्टीको पनि स‌ंलग्न भएको बताइएको छ ।

टानको ४१ औँ वार्षिक साधारण सभा आगामी भदौ २० गते हुँदैछ । उक्त साधारण सभाले आगामी २ वर्षका लागि नयाँ कार्यसमिति छनोट गर्नेछ । उक्त नयाँ कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र ९ सदस्य गरी १७ जना निर्वाचन हुनेछन् ।

सचिवालयका अनुसार टान कार्यसमितिमा निर्वाचित १७, मनोनीत ६ सदस्य, १ निवर्तमान अध्यक्ष र १ जना पोखरा टानका अध्यक्ष गरी सन् २०१९ देखि २०२१ सम्मका लागि २५ जनाको कार्यसमिति हुनेछ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…