September 4, 2019

टानको निर्वाचनमा खुम सुवेदीको टिम

  • पदयात्रा व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनमा प्रतिपक्षी दल नेपाली काँग्रेसको तर्फबाट खुम सुवेदीलाई नेतृत्वको लागि अगाडि सारिएको छ । हामीले यहाँ सुवेदी समूहबाट उम्मेदवारी दिएका पदाधिकारीहरूको छोटो विवरण दिएका छौँ ।

Election of Trekking agencies association of Nepal

खुमबहादुर सुवेदी
अध्यक्षका प्रत्याशी

धादिङको ज्वालामुखी गाउँपालिकामा जन्मिएका सुवेदी सन् १९९४ देखि पर्यटक क्षेत्रमा आबद्ध छन् । माउन्टेन गाइडका रूपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका सुवेदी युनिक एडभेन्चर इन्टरनेशनलका सञ्चालक हुन् । उनी पर्यटनसँगै विभिन्न सामाजिक कार्यमा पनि स‌ंलग्न छन् । वर्तमान कार्य समितिमा वरिष्ठ उपाध्यक्ष छन् ।

Election of Trekking agencies association of Nepal

नवीन त्रिताल
वरिष्ठ उपाध्यक्षका प्रत्याशी

सङ्खुवासभाका स्थानीय त्रिताल सन् २००० देखि पर्यटन क्षेत्रमा आबद्ध छन् । उनी हाल हिमालयन एक्सपिडिसनका प्रबन्ध निर्देशक हुन् ।

Election of Trekking agencies association of Nepal

चोलेन्द्राबहादुर कार्की
प्रथम उपाध्यक्षका प्रत्याशी

विस. २०४४ सालमा सोलुखुम्बुमा जन्मिएका कार्की १६ वर्षदेखि पर्यटन क्षेत्रमा छन् । उनी पोर्टरका रूपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका थिए । हाल हिमालयन जोय एडभेन्चरका प्रबन्ध निर्देशक छन् । पर्यटन सँगै कार्की होटेल व्यवसायमासमेत संलग्न छन् ।

Election of Trekking agencies association of Nepal

भरत सापकोटा
द्वितीय उपाध्यक्षका प्रत्याशी

धादिङका सापकोटा सन् २००१ देखि पर्यटन क्षेत्रमा आबद्ध छन् । उनी पर्यटन क्षेत्रसँगै सामाजिक क्षेत्रमा समेत क्रियाशील छन् । लायन्स क्वल अफ नेपाल एभरेस्टका पूर्व अध्यक्ष समेत रहेका सापकोटा हेल्पिङ ह्यान्डस् फाउन्डेसनका संस्थापक अध्यक्ष समेत हुन । उनी हाल ब्रेकफ्री एडभेन्चर्स र हिमालयन लक्जरी होलिडेजका प्रबन्ध निर्देशक छन् ।

Election of Trekking agencies association of Nepal

कर्मा शेर्पा
महासचिवका प्रत्याशी

सोलुखुम्बुका शेर्पा नोम्यार नेपाल ट्रेक्स एण्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक हुन् । उनी कुराभन्दा बढी काममा विश्वास गर्ने बताउँछन् । पर्यटन क्षेत्रका साथमा शेर्पा सञ्चार, शिक्षा र समाजसेवामा समेत सक्रिय छन् ।

Election of Trekking agencies association of Nepal

प्रदीपकुमार घिमिरे
सचिवका प्रत्याशी

दोलखाका घिमिरे सन् १९९६ देखि पर्यटन क्षेत्रमा आबद्ध छन् । १९९६ देखि सन् २०१० सम्म गरी १४ वर्षसम्म ट्रेकिङ गाइडका रूपमा काम गरेका घिमिरे हाल सेन्ट्रल हिमालय ट्रेक्स एन्ड एक्सपिडिसनका सञ्चालक हुन । उनी पर्यटन सँगै सामाजिक क्षेत्रमा समेत क्रियाशील छन् ।

Election of Trekking agencies association of Nepal

ऋतु ग्याम्दान
कोषाध्यक्षका प्रत्याशी

रसुवाकी ग्याम्दान सन् २००८ देखि पर्यटन क्षेत्रमा आबद्ध छिन् । उनी टानको वर्तमान कार्यसमितिको सदस्यमा सबैभन्दा धेरै मत ल्याएर विजय भएकी थिइन् । नेपाल महिला गाइड प्रालिका प्रबन्ध निर्देशक हुन् । रसुवा–नुवाकोट पर्यटन समाजकी सहसचिव समेत रहेकी ग्याम्दान विभिन्न साहसिक खेलमा समेत सक्रिय छिन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…