१५ तस्बिरमा सीएनएनको लिस्टमा परेको पर्यटकीय गाउँ घान्द्रुक
केही दिन अघि मात्र पर्यटकीय गाउँ घान्द्रुकलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यम सीएनएनले एसियाका १२ उत्कृष्ट गन्तव्यमा समेटेको थियो ।
हो, साँच्ची नै घान्द्रुक नेपालको घुम्न लायक पर्यटकीय क्षेत्र मध्येमा पर्दछ ।
कास्की जिल्लाको अन्नपूर्ण सर्किटमा पर्ने यो गुरुङ गाउँ साँच्ची नै पर्यटकहरूको लागि आकर्षक छ । यहाँ बासका लागि होमस्टेको व्यवस्था छ । यहाँ पुगेपछि नेपालका आदिवासी गुरुङ समुदायको संस्कृति र सहनको अवलोकन गर्न पाइन्छ । त्यसका साथै त्यहाँ बास बस्ने पर्यटकले माछापुच्छ्रे, गंगापूर्ण, हिमचुली र अन्नपूर्ण हिम श्रृंखलाहरुको पनि अवलोकन गर्न पाइन्छ ।
घान्द्रुकमा होमस्टे बाहेक होटलहरु पनि छन् । तर ती होमस्टेहरू भन्दा महँगा छन् । होमस्टेमा घरेलु वातावरण र गाउँघर बारे बुझ्न पाइन्छ ।
पोखराबाटै पदयात्रामा जान सकिन्छ । साथै अहिले पोखराबाट जिपमा घान्द्रुक गाउँ नजिकै पुग्न सकिन्छ । त्यहीबाट आधा घण्टा हिँडेपछि मूल गाउँमा पुगिन्छ ।
तस्बिरहरु : गंगादेवि गुरुङ
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…