September 24, 2019

मनास्लु आरोहण गर्ने पहिलो आरोही पाकिस्तानका मुहम्मद अली

Pakistan climber first summit Manaslu in this season
चार शेर्पा गाइडका साथ पाकिस्तानी आरोही मोहम्मद ।

काठमाडौँ । विश्वकै आठौँ अग्लो हिमाल मनास्लुको आरोहण गर्ने यस सिजनको पहिलो आरोही पाकिस्तानका मुहम्मद अली सद्पारा बनेका छन् ।

८ हजार १ सय ६३ मिटर उचाइमा रहेको मनास्लु हिमालमा डोरी टाँग्ने (रोप फिक्सीङ) काम सकिएसँगै उनले सफल आरोहण गरेको हो । डोरी टाँग्ने जिम्मा सेभेन समिट ट्रेक्सले पाएको थियो ।

ट्रेक्सका निर्देशक टासीलाक्पा शेर्पाका अनुसार मङ्गलवार दिउँसो १ बजेर ४५ मिनेटमा डोरी टाँग्ने का सकिएपछि आरोहण खुलेको हो । डोरी टाँग्ने गाइडहरूका साथ पाकिस्तानी आरोही मोहम्मदले मनास्लुको आरोहण गरेका हुन् ।

Pakistan climber first summit Manaslu in this season
मनास्लु बेस क्याम्प ।

उनका साथ डोरी टाँग्दै मनास्लुको चुचुरामा पुग्ने शेर्पा गाइडहरू एनगिमा दोर्ची, नागीमा थन्डुक, तेन्जी छाम्बी र नामग्या भोटे हुन् । डोरी टाँग्न २१ सेप्टेम्बरदेखि प्रयास भए पनि खराब मौसमका कारण ढिलाइ भएको शेर्पाले बताए ।

‘आज रोप फिक्सीङको काम भयो, भोलिदेखि अन्य आरोहीहरू आरोहणका लागि जान्छन्’ मनास्लु आधार शिविरमा रहेका कीर्तिमानी सगरमाथा आरोही कामिरिता शेर्पाले भने । उनका अनुसार बुधवार धेरै आरोहीहरूले आरोहण गर्ने अनुमान गरिएको छ ।

पर्यटन विभागबाट यस सिजनमा मनास्लु आरोहणका लागि २ सय ६४ आरोहीले अनुमति लिएका छन् । शरद ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मानिन्छ । गत वर्षको तुलनामा यस वर्ष मनास्लु आरोहणमा धेरै आरोही आएका छन् ।

Pakistan climber first summit Manaslu in this seasonविभागको पर्वतारोहण शाखाका अनुसार यस याममा मनास्लु हिमाल आरोहणका लागि २ सय ६४ आरोहीको साथमा २ सय ७० नेपाली गाइडले पनि अनुमति लिएका छन् । विभागबाट यस यामका लागि २१ हिमाल आरोहणका लागि ४७ देशका ४ सय ३२ आरोहीले आरोहण अनुमति लिएका छन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…