September 26, 2019

केजीएच ग्रुपका चार होटललाई छ विधामा अन्तर्राष्ट्रिय अवार्ड

South Asian Travel Awardsकाठमाडौं । नेपालको घरेलु चेन होटल केजीएच ग्रुपले विभिन्न विधामा छ वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ ।

गत असोज ३ गते श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित साउथ एसियन ट्राभल अवार्ड (साटा) मा केजीएचले सञ्चालन गरेका होटलहरुले अवार्ड जितेको हो ।

साटाका अध्यक्ष स्माइल हमिदले केजिएच ग्रुपका कार्यकारी निर्देशक त्रिशाग्री शाक्यलाई अवार्ड प्रदान गरिएको थियो । बिहीबार ग्रुपले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी ग्रुप अन्तर्गतका चार होटलले छ विधामा अवार्ड पाएको जनायो ।

ग्रुप अन्तर्गत विभिन्न जिल्लामा सात होटल सञ्चालनमा छन् । ग्रुपका संस्थापक अध्यक्ष कर्ण शाक्यका अनुसार काठमाडौं गेष्ट हाउस र पोखरा साराङकोटस्थित हिमालयन फ्रन्ट होटलले दुई/दुई विधामा अवार्ड पाएको हो । काठमाडौं गेष्ट हाउसले ‘लिडिङ विजनेस होटल’ र ‘लिडिङ हेरिजेट रिसोर्ट’ अवार्ड, पोखरा साराङकोटस्थित हिमालयन फ्रन्ट होटलले ‘वेस्ट सिएसआर प्रोग्राम’ रिसोर्ट र ‘मोस्ट रोमान्टिक रिसोर्ट’ को अवार्ड, पोखरास्थित हावटरफ्रन्ट रिसोर्टले ‘लिडिङ एफ एण्ड वि होटल रिसोर्ट’, माया मानोर बुटिक होटल काठमाडौंले ‘लिडिङ बुटिङ होटलको’ अवार्ड पाएका हुन् ।

साटा अवार्डमा छ देशका चार सयभन्दा बढि होटलहरु नोमिनेशनमा परेका थिए । जसमा नेपालबाट १७ वटा होटल नोमिनेसनमा परेका थिए । नोमिनेसनमा परेका मध्येमा ६ विधामा केजिएच होटलले, हायत होटल, ट्रि–टेम्पल, बाराही जगल सफारी होटलले एक/एक विधामा गरि जम्मा ९ विधामा नेपाली होटलले अवार्ड पाएका छन् ।

सन् २०१६ बाट आयोजना हुँदैँ आएको साटा अवार्डको यो वर्ष चौथो संस्करण हो ।

अवार्ड पाएका मध्येमा केजिएच ग्रुपले स्थापनाको ५० औँ वर्ष पूरा गरेको छ । केजिएच होटल तथा रिसोर्टका अध्यक्ष सुनिल शाक्यले गत वर्ष मुम्बईमा भएको साटा अवार्डमा केजिएचले विभिन्न ५ विधामा अवार्ड पाएको बताए ।

सन् १९६८ मा काठमाडौँ गेष्ट हाउसबाट होटल व्यवसाय शुरू गरेको केजीएचले हाल काठमाडौँको ठमेलमा काठमाडौँ गेष्ट हाउस, बुढानीलकण्ठमा पार्क भिलेज होटल तथा रिसोर्ट, नक्सालमा माया म्यानोर बुटिक होटल, पोखरामा हिमालयन फ्रण्ट होटल र वाटरफ्रण्ट रिसोर्ट , लुम्बिनीमा बुद्धमाया गार्डेन होटल र चितवन राष्ट्रिय निकुञ्जमा मारुणी सेञ्चुरी लज गरी सातवटा होटल लज तथा रिसोर्ट सञ्चालन गरिरहेको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…