October 25, 2019

घर पाएपछि लाप्राककी आमाको मुस्कान

भूकम्पले क्षति पुर्‍याएको लाप्राकमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले निर्माण गरेर चाबी हस्तान्तरण गरेपछि घर पाउनेले खुशी ब्यक्त गरेका छन् ।

एनआरएनएका अध्यक्ष भवन भट्टले एनआरएनए सम्मेलनका बेला लाप्राक पुगेर नयाँ घरको चाबी घरवालालाई हस्तान्तरण गरेका थिए । चाबी पाएपछि लाप्राकबासी खुसी भएका छन् । एनआरएनएको अगुवाइमा ५ सय ७३ वटा घर निर्माण गरिएको छ । सबै घरहरूको निर्माण नसकिएकोले सबै घरवालाले चाबी पाएका छैनन् ।

लाप्राकमा घरहरू निर्माण गरेर हस्तान्तरण गरेकोमा एनआरएनएका निवर्तमान अध्यक्ष भवन भट्टलाई धार्चे गाउँपालिकाले सम्मान गरेको छ । धार्चेका अध्यक्ष सन्तोष गुरुङले भट्टलाई गुरुङको भांग्रा र बक्खु ओढाएर सम्मान गरेका थिए ।

यसैबीच लाप्रापको थप विकास निर्माणको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) र धार्चे गाउँपालिकाबीच सम्झौता भएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…