सुदूरपश्चिमका पर्यटन राज्यमन्त्री रावलद्वारा राजीनामा
धनगढी– सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् ।
आर्थिक अनियमितताको आरोप लागेका राज्यमन्त्री रावलले आइतबार राजीनामा दिएका हुन्। राज्यमन्त्री रावल नेकपाकाबाट कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा ‘क’ मा निर्वाचित भएका थिए ।
उनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा कीर्ते मुद्दा दायर भएको छ। महेन्द्रनगरको जनज्योती क्याम्पसका शेयर सदस्य समेत रहेका रावलसहितका ३६ जनाविरुद्ध गत साउनमा मुद्दा परेको थियो । रावलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ। उनले आफूमाथि लगाइएका आरोपको निष्पक्ष छानबिन होस् भन्ने आशयले राजीनामा दिएको प्रतिक्रिया दिएका छन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…