गढीमाई मेला आजदेखि, मंसिरभर चल्ने
बारा– बलीका लागि प्रसिद्ध बाराको महागढीमाई – १ बरियारपुरस्थित गढीमाई मेला आइतबारदेखि सुरु भएको छ। प्रत्येक पाँच वर्षमा मंसिर महिनाभर लाग्ने गढीमाई मेलामा लाखौंको भीड हुने गरेको छ।
मेलाका लागि ७२ सदस्यीय मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति बनाइएको छ। लाखौंको संख्यामा आउने भक्तजनको व्यवस्थापन मेला समिति र सुरक्षाकर्मीका लागि चुनौती बन्ने गरेको छ।
गढीमाई मेला बलीका लागि प्रसिद्ध छ। मेला सुरु भएसँगै पशुबलीको पक्ष–विपक्षमा बहस भइरहेको छ। पशुको संरक्षण र अधिकारका क्षेत्रमा काम गर्दै आएका संस्थाले पशुबली नचढाउन आग्रह गर्दै अभियान चलाइरहेका छन्। आफ्नो मनोकांक्षा पूरा भएको भन्दै भक्तालुले गढीमाईमा आफ्नो क्षमताअनुसार बली चढाउने गरेका छन्।
बलीका लागि मेला समितिले बधशालाको तयारी गरिरहेको छ। बधशाला भित्र राँगाको मात्रै बली चढाइने गरिएको छ। राँगाबाहेक अन्य पशुपंक्षीको बली मन्दिर परिसर र वरपरको क्षेत्रमा हुने गरेको छ।
गढीमाई मेलालाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला सुरक्षा समितिले विशेष रणनीति बनाएको छ। मेलामा भक्तालुको भीड बढ्दै गएपछि आवश्यकता अनुसार एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी सुरक्षा समितिको छ। मेलाको सुरक्षाका लागि विभिन्न स्थानमा ६० वटा सिसिटिभी क्यामरा जडान भइरहेको छ। मेलाको समयमा ड्रोनबाटसमेत निगरानी गर्ने तयारी गरिएको छ ।
गढीमाई मेलाको विषयमा जानकारी लिन पर्यटनमन्त्री योगेश भट्टराई सोमबार यहाँ आउने भएका छन्।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…