मानवीय गतिविधिले रारा निकुञ्जमा वन्यजन्तु घट्दै
मुगु — निकुञ्ज क्षेत्रमा मानवीय गतिविधि बढ्दै गएपछि पछिल्लो समय वन्यजन्तु र चराचुरुंगी संकटमा पर्न थालेका छन् । निकुञ्ज क्षेत्रमा मानवीय चहपहल बढ्नु, चोरी शिकारी, पशु चौपाया जथाभावी छोड्नुलगायत कारण वन्यजन्तु घट्दै गएका हुन् ।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय लामो समय देखि लोपोन्मुख वन्यजन्तु देख्न नपाएको बताउँछन् । रतुवा, चितुवा, घोरल, झारललगायत वन्यजन्तु रारा निकुञ्ज आसपासका क्षेत्रमा देखिन छाडेको वर्षौं भइसकेको उनीहरु बताउँछन् । एकदशक अघिसम्म बाक्लो हिमपात हुँदा मुर्मा, झयारी, माथितुम, निगालबोट, खमालेलगायत गाउँमा ओत लाग्न वन्यजन्तु आउने गरेका थिए । अचेल मुर्माकोट, माथिल्लो मिलीचौर, चुचुमारे, मालिकालेक, रुमखोला, जेउडेलगायत घना जंगल भएका क्षेत्रमा मात्र वन्यन्तुको बासस्थान सिमित भएको छ । वन्यजन्तु मात्र नभइ रारा तालमा पाइने असला माछा पनि संरक्षण अभावमा लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् ।
आगलागी र निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडानलगायत कारणले पनि वन्यजन्तु अन्यत्र जान थालेको हुन् । अहिले निकुञ्ज क्षेत्रमा भालु, बँदेल र रेडपाण्डा मात्र देखिने गरेको मध्यवर्ती विकास क्षेत्रका अध्यक्ष बलराम सहनी बताउँछन् । आगन्तुक चराले राराको रौनक बढाए पनि गर्मी समयमा अधिकांश चराचुरुङ्गी नदेखिने गरेको उनले बताए ।
ताल्चा विमानस्थलको अधिकांश हवाइ रुट निकुञ्ज क्षेत्रमा पर्ने भएकाले पनि वन्यजन्तु तर्सिएर भाग्ने गरेको छन् । घुच्चीलेक हुँदै विमानस्थलमा जहाज अवतरण हुने गरेको छ। तलितुम, माथितुम, पिना, झयारी, मुर्मा, हेन्नीकाँध, सायाखोला, कार्कीबाडा, टोप्लालगायत गाउँबाट निकुञ्ज क्षेत्रमा पशुचौपाया जथाभावी छोडिने गरिएको छ।
वन क्षेत्रको अधिकांश घाँस पशुचौपायाले खाने भएकाले घोरल, मृग, झारल, कस्तुरी, बँदेललगायत वन्यजन्तु अन्यत्र जान थालेको स्थानीय व्यवसायी बताउँछन्। खडेरी र भारी हिमपातले पनि वन्यजन्तुको बासस्थान र प्रजनन प्रक्रियामा असर पारिरहेको छ। निकुञ्ज क्षेत्रमा पर्याप्त पानी नहुँदा पनि वन्यजन्तु संकटमा पर्दै गएका हुन।
१ सय ६ वर्गकिलोमिटरमा फैलिएको निकुञ्ज सुरक्षाका लागि करिब ३ सय सैनिक खटिएका छन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…