November 24, 2019

भ्रमण वर्षको सदस्य सचिवमा श्रेष्ठ

Bacchunarayan Shrestha
बच्चुनारायण श्रेष्ठ ।

काठमाडौ‌‌‌‌– सरकारले नेपाल भ्रमण वर्ष २०२० सचिवालयको सदस्य सचिवमा बच्चुनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट श्रेष्ठलाई सदस्य सचिवमा नियुक्त गरिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ ।

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–६ का श्रेष्ठ दुई दशकदेखि पर्यटन व्यवसायमा संलग्न छन् । उनले यसअघि ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) मा द्वितीय र प्रथम उपाध्यक्ष गरी दुई कार्यकाल काम गरिसकेका छन् ।

Visit Nepal 2020पासाङल्हामू पर्वतारोहण प्रतिष्ठानको महासचिवका रुपमा पनि अनुभव संगालेका उनले यसअघि सरकारले २५६० औँ बुद्ध जयन्तीको अवसर पारी घोषणा गरेको अन्तरराष्ट्रिय बौद्ध सम्मेलन मूल आयोजक समितिको सदस्य सचिवका रुपमासमेत काम गरिसकेका छन् । श्रेष्ठ जिम्मेवार पर्यटन नीति तथा अभ्यास विषयमा विद्यावारिधिको शोधार्थी हुन्।

श्रेष्ठले शुक्रबार पदभार ग्रहणसमेत गरेका छन् । उनले भ्रमण वर्षको सफलताका लागि पर्यटनसँग सम्बन्धित सबै क्षेत्रसँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने बताए । नेपालको आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रका रुपमा रहेको पर्यटन उद्योगको विकास, प्रवर्द्धन र विस्तारले उद्योगका अन्य क्षेत्रलाईसमेत समेट्ने भएकाले सरकारले घोषणा गरेको भ्रमण वर्ष सबै नेपालीको महाअभियान भएको उनले बताए ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…